शुक्रबार, चैत्र १६, २०८०

प्रमुख दलहरुले आजपनि सर्वपक्षीय भेलाको मिति तय गर्न सकेनन

काठमाडौं भाद्र २६,  नेकपा माओवादीको मागअनुसार सर्वपक्षीय राजनीतिक सभाका लागि दलहरु तयार भइसके पनि प्रस्तुत सभा कहिल्य गर्ने भन्ने सम्बन्धमा प्रमुख दलहरुविच मिति पहिल्यउँने   विषयमा सिर्जित समस्या अझै कायम रहेके छ । विवाद बढेको छ । सर्वपक्षीय सभा तत्काल 3 dall ko logoआयोजना गर्ने कि केही समयपछि आयोजना गर्ने भन्ने विषयमा सत्तासाझेदार दल काँग्रेस र एमाले रुढ दलहरु र नेकपा माओवादीबीच विवाद कायमै रहेको हो । जसका कारण आज पनि प्रमुख चार दलका शीर्ष नेताहरु सर्वपक्षीय राजनीतिक सभाको मिति तय गर्न असफल भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा सभाको मिति तथा कार्यविधिबारे लामो समयसम्म छलफल भएपनि कुनै सहमति हुन सकेन । बिहान ९ बजेदेखि बसेको चार दलको बैठक दिउँसो पौने २ बजेसम्म चलेको थियो । तर, घण्टौंसम्म पनि दलहरु आआफ्नै अडानमा रहेका कारण कुनै सहमति हुन नसकेको बताइएको छ । बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले भदौ २९ गते सभा आयोजना गर्न प्रस्ताव गरेका थिए ।

उनले आफू ३ गते अमेरिका जाने भएकाले तत्काल सभा आयोजना गर्नुपर्ने बताएका थिए । तर यसअघि मितिका विषयमा तटस्थ बस्दै आएका एमाओवादीका नेताहरुले पहिला राजनीतिक विषयमा सहमति भएपछिमात्रै सभाको मिति तय गर्नुपर्ने बताएका थिए । बैठकमा नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले असोज १ र २ गते सभा आयोजना गर्न प्रस्ताव राखेका थिए । यद्यपि यसमा पनि सहमति हुन नसकेपछि बैठक कुनै टुंगोमा नपुगेको बताइएको छ । अब मिति र सभाको प्रक्रिया टुंगोमा पु¥याउने जिम्मा फेरि चारदलीय कार्यदललाई नै दिएको छ ।