शुक्रबार, बैशाख १४, २०८१

आ-आफ्नै अडानका कारणदलहरुवीच सहमतिको दुरी बढ्दै

काठमाडौं भाद्र २५, मुलुकमा नया संविधान जारी गर्ने समयसिमा जति जति नगिचिदै छ त्यतिनै अनुपातमा दलहरुवीचको सहमतिको दुरी पनि बढ्दै 3 dall ko logoछ । भनाइएको आशय संविधानका विवादित विषयमा छलफल गर्न आज बसेको प्रमुख तीन दलको बैठक दलहरुको आआफ्नै अडानका कारण विना निष्कर्ष टुंङगिएको छ । संवैधानिक तथा राजनीतिक संवाद समितिका सभापति बाबुराम भट्टराईको पहलमा आज तीन दलको बैठक बसेको थियो । तर बैठकले कुनै सहमतिको विन्दु पहिल्याउँन सकेनन ।

समाचार स्रोतका अनुसार दलहरु यसअघिको अडानमा आज पनि कायमै रहेका कारण सहमति हुन नसकेको बुझिएको छ । स्रोतका अनुसार दलहरुवीच मुलुक संघीयतामा जाँदा कति प्रदेशमा जाने त्यस्ते शासकीय स्वरुप र न्यायप्रणालीका विषय कस्तो बनाउँने भन्ने विषयमा अन्यौलमा रहेको थाहा भएको छ। स्मरणीय रहोस यस विषयमा विषयमा कांग्रेस र एमालेले सात प्रदेशमा जाने साझा धारणा बनाएका छन् भने एमाओवादी १० प्रदेशको अडान कायम राखेका छन ।

यसवीचमा एकातर्फ विवादित विषयमा सहमति जुटाउन गठित संवाद समितिको म्याद गत भाद्र २१ गते समाप्त भइसकेको छने अर्को तर्फ दलहरुवीच सहमति बन्न नसक्न आफैमा अन्यौलको प्रसङग बनेको छ । यद्यपी संवाद समितिको म्याद थप तथा संविधान निर्माणको कार्यतालिका संशोधनका लागि भने दलहरु सहमत भइसकेका छन् । त्यसैका लागि आज संविधानसभाको बैठक बस्ने भनिए यसअघि भएका सहमति र असहमतिका विषयमा तयार पारिएको प्रतिवेदन छपाई नसकिएकाले भोली दिउँसोमात्रै बैठक बस्ने संविधानसभा सचिवालयले जनाएको छ ।