शुक्रबार, बैशाख १४, २०८१

काठमाडौँ काँग्रेसको उपसभापति,सचिवको जिम्मेवारी दवाडी र सिङ्खडालाइ

 केन्द्रीय समितिको सचिवमा शर्मा र रिजाल

काठमाडौ श्रावण ३०, नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले पार्टी केन्द्रीय कार्यालयमा कार्यरत सहसचिव प्रकाश शर्मा र सहसचिव केशव रिजाललाई पार्टी केन्द्रीय कार्यालयको सचिवमा बढुवा गर्नुभएको छ । पार्टी विधानबमोजिम उहाँहरूलाई सचिवमा बढुवा गरिएको पार्टीका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैवीच  काठमाडौं काँग्रेसको आज बसेको बैठकले काँग्रेसको संशोधन र परिमार्जन गरी मिलाइएको विधानअनुसार निर्वाचित जिल्ला

सदस्यमध्येबाट गौरी दवाडीलाई उपसभापति र गीता सिङ्खडालाई सचिव पदमा बहुमतले चयन गरेको छ ।

काँग्रेसको १२ औं महाधिवेशनबाट सो कुरा काठमाडौं काँग्रेसका सभापति भीमसेनदास प्रधानले जानकारी दिनुभएको छ । उपसभपतिमा चयन हुनु भएका दवाडी काँग्ेस सङगठन विस्तार एवम कार्यकर्तावृतमा पनि लोकप्रिय रहेका छन ।