बिहिबार, बैशाख १३, २०८१

राजनीतिक सहमति कायम भएलगत्तै स्थानीय निकाय निर्वाचनको मिति घोषणा हुन्छ : उपप्रम सिंह

काठमाडौं श्रावण ३१, , उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले मुलुकमा लोकतान्त्रिक संविधन जारी गर्नका लागि निर्धरित prakashman-गरिएको माघ ८ गतेअघिकै मितिमा स्थानीय निकायको निर्वाचन सम्पन्न गन सक्ने बताउनुभएको छ । प्रेस युनियन चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री सिंहले यस्ते अभिव्यक्ति दिनु भएको हो । साथै उहाँले स्थानीय निकायको निर्वाचनका लागि आवश्यक ऐन संसदबाट स्विकृत भईसकेको भन्दै अव केवल राजनीतिक सहमति मात्र जुट्न बाँकी रहेको जानकारी दिनु भएको छ । सहमति कायम भएको भोलि पल्ट निर्वाचनको मिति घोषणा हुनेमा उहाँले विशेष जोड दिनु भएको त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यका कारण काय सम्पादन प्रभावित भएको होकि भन्ने पत्रकारहरुको सवालमा उहाँले बजारमा आएको हल्लाको पछि नलाग्न भन्दै प्रधानमन्त्री कोइरालालकै नेतृत्वमा मुलुकमा लोकतान्त्रिक संविधान जारी अुनुको अलावा स्थानीय निकायको निर्वाचन हुने बताउँनु भएको बुझिएको छ ।