शनिबार, बैशाख १५, २०८१

एमाले अध्यक्ष विरुद्ध सचिव भट्टराईद्दारा ध्यानाकर्षणपत्र दर्ता

काठमाडौं भद्र १५, विधानसभाको लगि २६ मध्ये १७ सभासदको मनोनयन गर्दा एमाले अध्यक्ष् केपी ओलीले पदाधिकारीको कुनै बैठक नबोलाई र Yogesh-Bhattarai-1अघिल्लो बैठकले दिएको जिम्मेवारीलाई प्रक्रियागत रूपमा पूरा नगरी आठ सभासदको नाम पठाएको भन्दै एमाले सचिव योगेश भट्टराईले शनिबार केन्द्रीय समितिमा शनिवार ध्यानाकर्षणपत्र दर्ता गराएका छन ।

पत्रमा सचिव भट्टराईले सभाषद मनोनयनमा अध्यक्ष केपी ओलीबाट अलोकतान्त्रिक, अपारदर्शी तथा छलकपटपूर्ण रुपमा सभाषद छनौट गरेको त्यस्तै केन्द्रीय पदाधिकारी बैठकमा भएको छलफल अनुसार आफूले इमेलबाट केही नाम पठाएको तर, पदाधिकारीको र्बठक नै बसरी र अघिल्लो बैठकले दिएको जिम्मेवारीलाई प्रकृयागत रुपमा पुरा नगरी पार्टीको भागमा परेको ८ सिटमा नाम गएको भन्दै अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको उल्लेख गरेका छन्।

एमाले सचिव भट्टराईले ध्यानाकर्षण पत्रमा संसदीय समितिको सभापतिबारे समेत पार्टीमा छलफल नभएको भन्दै असन्तुष्टि जनाएका छन् । अध्यक्षलाई सम्बोधन गर्दै दर्ता गराएको पत्रलाई कार्यवाहक अध्यक्ष बामदेव गौतम र महासचिव इश्वर पोखरेललाई बोधार्थ दिइएको छ ।