शुक्रबार, बैशाख १४, २०८१

जनआन्दोलनको उपलब्धीलाइ संस्थागत गर्न दलीय सहमतिका आधारमा निर्धारित समयभित्रै संविधान : महामन्त्री सिंह

काठमाडौ भाद्र १४,  नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले नेपाल विद्यार्थी सङ्घ, काठमाडौँ जिल्ला समितिको ११औँ अधिवेशनको  राजधानीमा आयोजित उद्घाटन सत्रलाइ सम्बोधन गदै जनआन्दोलनको वलमा स्थापित उपलब्धीलाइ संस्थागत गर्न दलहरूबीचको सहमतिका आधारमा निर्धारित समयभित्रै संविधान जारी गरिनुपर्ने बताउनुभएको छ । त्यस्तै उहाँले सङ्गठनलाई थप सशक्त पार्न निर्धारित मितिमा नै महाधिवेशन गर्ने गरी वातावरण तयार गरी अघि बढ्न पनि नेपाल विद्यार्थी सङ्घको नेतृत्वलाई निर्देशन सहितको आग्रह गर्नुभएको छ ।

उद्घाटन सत्रमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले नेवि सङ्घभित्र देखिएका विवादहरूलाई आपसी छलफलका माध्यमबाट सम्बोधन गरिनु 10436169_10152690214657329_283381872470588609_nपर्नेमा जोड दिदै अवका दिनमा यो वा त्यो भन्ने उल्झनमा नअल्झी महाधिवेशनतर्फ केन्द्रित हुनपर्ने धारणा अभिव्यक्त गनु भएको थियो । कार्यक्रममा विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्ण, काठमाडौँं जिल्ला अध्यक्ष विजयगोपाल श्रेष्ठलगायतका वक्ताहरुले आसन्न अधिवेशनले सङ्गठनलाई नयाँ दिशा निर्देश गर्ने विस्वास व्यक्त गर्नु भएको थियो ।  तस्विर: युपी लामिछाने