शनिबार, बैशाख ८, २०८१

एमाओवादीले राजनीतिक संयन्त्रको गठनको माग गर्नु सरकार कब्जाको षडयन्त्र : बिजुक्छे

भक्तपुर भाद्र १५, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेर एमाओवादीले सरकार कब्जा गर्न नयाँ षडयन्त्रको तनावना बुन्दै गरेको बताउनुभएको छ ।
आज मध्यपुर थिमिमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेल संयन्त्र गठनको माग गर्नु भनेकै एमाओवादीको सरकार कब्जाको खेल भएको दावी गदै संयन्त्रको नाममा सरकार माथि दवाव सिर्जना गर्नु रहेको बताउँनु भएको छ ।