शुक्रबार, बैशाख १४, २०८१

माओवादीसँगको कार्यगत एकता पार्टी एकताको आधार: अध्यक्ष दाहाल

काठमाडौँ आषाढ २१, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै नेकपा–माओवादीलगायतका अन्य राजनीतिक दलसँगको कार्यगत एकता क्रमश आफैमा पार्टी एकतामा आधारशिला prachanda1भएको बतउँदै पार्टीलाई सबल र सक्षम बनाउन नेतामात्रै नभएर मिलेर पार्टीको नेतृत्व, कार्यकर्ता, जनता र शुभेच्छुक सबै मिल्नुपर्ने बताउनुभएको छ। त्यस्तै उहाँले मुलुकको उन्नत भविष्यका लागि क्रान्तिकारी शक्ति मिल्नुको विकल्प नभएको भन्दै क्रान्तिकारी शक्ति वीचके एकतामा विशेष जोड दिनु भएको छ ।

कार्यक्रममा एमाओवादी नेता डा बाबुराम भट्टराईले पार्टीभित्रको बहस र अन्तरसङ्घर्षले पार्टी लाइ घाठा होईन फाइदानै गर्ने बताउँदै कार्यकर्तालाई संयम बन्न आग्रह गर्नुभएको थियो भने हर्क नेता नारायणकाजी श्रेष्ठले पार्टीका नेता जनतासँग टाढिएका कारण पार्टीले संविधानसभाको निर्वाचनमा पराजय भोगु परेको उल्लेख गर्दै पार्टी , नेतार जनतावचिको सम्बन्घलाई मजवुत बनाउँनु आवश्यक रहेको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।