शुक्रबार, बैशाख १४, २०८१

भागबन्डाको हल्ला केलव राजैनितिक प्रोपोगण्डा : उपाध्यक्ष गौतम

काठमाडौँ आषाढ २१, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजधानीमा जारी महाधिवेशनबाट पार्टीमा महासचिवसहितको ४० प्रतिशत bamdaveभागवन्दाको माग गरेको भन्ने सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै महाधिवेशन नै सर्वाेच्च निकाय भएकाले त्यसले गर्ने निर्णय आफूलाई मान्य हुने जनाउनुभएको छ ।

उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले आज एक प्रेस विज्ञप्तिमा जारी गदैं जारी महाधिवेशनको बन्दसत्रलाई प्रभावित पार्ने, नेतालाई विभिन्न तवरले लाञ्छना लगाउने उद्देश्य अनुरुप फैलाइएको प्रोपोगण्डा मात्र भएको स्पष्ट गर्दै विज्ञप्तिमा उपाध्यक्ष गौतमले पार्टीको भावी नेतृत्वको मूल सर्त भनेको नेतृत्व हस्तान्तरण गर्नु रहेकाले त्यसका लागि ओलीले अध्यक्ष पदमा गर्नुभएको दाबी मनासिव रहेको भन्दै आगामी नेतृत्वलाई लिएर कुनै किसिमको भागबन्डा र माग दाबीको क्रम नचलेको स्पष्ट पार्नुभएको छ ।