शुक्रबार, चैत्र १६, २०८०

विद्युतीय मतदानका बारेमा गम्भिर विवाद सिर्जना

प्रविधिमाथि शंका गर्न कुनै पनि अर्थमा तर्क सङगत छैन : प्रचार विभाग प्रमुख ज्ञवाली

विद्युतीय मतदान विश्वसनीय छैन :  पोलिटब्युरो सदस्य पन्त

काठमाडौँ आषाढ २१, नेकपा (एमाले) राजधानीमा जारी नवौँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि प्रयोग गरिने भनिएको विद्युतीय UML_Logo_9_th_Congressमतदानमा प्रयोग गरिने विद्युतीय मेसिन प्रयोगमा केही प्राविधिक समस्या रहेको भन्दै ा बारेमा गम्भिर विवाद सुरु भएको छ ।

यसै क्रममा विद्युतीय मतदानमा प्रविधीमा उठेको विवाद एवम् महाधिवेशनमा बन्दसत्रको गतिविधिका बारेमा जानकारी दिन मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले पार्टीले विद्युतीय मतदान गर्ने भनेर निर्णय गरिसकेकाले यसमा विवाद गर्न नहुने बतउँनु भएको छ ।

यदि प्रतिनिधिलाई विद्युतीय मतदानका बारेमा जानकारी छैन भने प्रतिनिधिलाई विद्युतीय मतदानका बारेमा पशिक्षण दिन सकिने अवस्था विद्यमान रहदा रहदैको अवस्थामा प्रयोगमा आइरहेको कुरा विद्युतीय प्रविधिमाथि शंका गर्न कुनै पनि अर्थमा तर्क सङगत नभएको भन्दै नेता ज्ञवालीले पार्टीको निर्णय विद्युतीय मतदान गर्ने भनेर नै भनिएको छ, विद्युतीय मदतानलाई विश्वास गर्नुर्ने बताउँनु भयो ।
यसैवीच विद्युतीय मतदानको सवालमा नेता नेपाल पक्षधर पार्टीका पोलिटब्युरो सदस्य रघुजी पन्तले भने विद्युतीय मतदान विश्वसनीय नभएकोले दुवै पक्षलाई स्वीकार्य विधिबाट मात्र निर्वाचन गराउनु पर्ने अडान राख्नु भएको छ ।