शुक्रबार, बैशाख १४, २०८१

चारबुँदे समितिको कार्यान्वयन गर्ने सहमति भएसङगै आजबाट संसद बैठक सुचारु हुदै

काठमाडौं ज्येष्ठ २८, विगत एकसाता यतादेखि अवरुद्ध संसद संचालन गर्ने सवालमा मुलुकका प्रमुख राजनीतिक दलहरुबीच आज भएको वार्ताले केहिहदसम्म सफता प्राप्त गरेको छ । दलहरुवीचको आजको वार्तामा मुलुकमा विद्यमान संक्रमणकालको अन्त्य एवम् शान्ति प्रक्रियालाई टुंगाउनका 3 dall ko logoलागि एकअर्काको सहयोगी बन्दै अवरुद्ध संसद संचालन गर्ने सहमति भएको हो ।

संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको प्रमुख दलहरुको बैठकमा कोईराला सरकार गठन पूर्वभएको ४ बुँदे समितिको कार्यान्वयन गर्ने र संविधानसभाका कामकारवाहीलाई हस्तक्षेप नगर्ने गरी उच्चस्तरिय नभई राजनीतिक समितिको गठन गर्ने लगाउका सहमति भएको बुझिएके छ।

त्यस्तै समितिको नेतृत्वपनि दलका शिर्षनेतृत्वले आलोपालो गरि सम्हाल्ने पक्षमा नेताहरु सकारात्मक भएको बताइएको छ।

यद्यपी समितिको पहिलो नेतृत्व कसले गर्न भन्ने सवालमा भने कुनै टुङगो लागिनसकेको बुझिएको छ भने आर्र्थिक वर्षको अन्तउको संघारमा आएर सरकाले अप्रत्याशित रुपमा गरेको बजेट रकमान्तरको प्रकरणमा पनि जिल्लामा जुनजुन जिल्लाको लागि रकम विनियोजित भएको हो त्यस जिल्लामा जिल्ला अनुगमन संयन्त्र बनाएर अगाडि बढने सहमति भएको बताउदै प्रस्तुत सहमतिसँगै आज संसदको बैठक सुचारु गर्ने तयारी र भइरहेको नेताहरुले बताएका छन ।