शुक्रबार, बैशाख ७, २०८१

सङ्घीय लोकतान्त्रिक संविधानका लागि उप-निर्वाचनमा काँग्रेसलाई विजयी बनाउँ : महामन्त्री सिंह

काठमाडौ ज्येष्ठ ३० ,आसन्न संविधानसभा सदस्यको उप निर्वाचनको चुनावी सभा अन्र्तगत उपनिर्वाचन प्रचारप्रसार समिति द्वारा क्षेत्र न २ को एरिया साँखुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस महामन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री प्रकासमान सिंहले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको लिखित संविधान जारी गर्न नेपाली जनाताले यस पटक नेपालीका काँग्रेसको नेतृत्व राजेको बताउँदै अषाढ ८ गतेको हुने निर्वाचनमा पनि क्षेत्र न २ का विवेकशील नेपाली जनताले काग्रेसका उम्मेदवार दिपक कुईकेललाई बहुमतले विजयी बनाउँने विस्वास व्यक्त गरेका छन ।

त्यस्तै चुनावी सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रखर वक्ता गगन थापाले नेपाली जनताको भावना अनुरुप निर्धारित समयभित्र संविधान जारी गर्ने बाटोमा काँग्रेस अविचलित रुपमा लागि परिरहेको बताउँदै क्षेत्र न २ मा यसपटक काँग्रेसलाई विजयी बनाउँनु आग्रह गर्नु भएको थियो ।

त्यस्तै प्राप्त समाचारमा उल्लेख भए अनुसार चुनावी सभालाइ काठमाडौ काँग्रेसका सभापति एवम् सभासद् भीमसेनदास प्रधान, पूर्व सभासद् राधेश्याम अधिकारी, महासमिति सदस्य प्रतिमा गौतम, लोकेश ढकाल , शङ्कर थापा , महिला सङ्घकी केन्द्रीय अध्यक्ष डिला सँग्रौला, उम्मेदवार दीपकप्रसाद कुईंकेल र चुनाव प्रचारप्रसार समितिका संयोजक एवम् काँग्रेस २ नं. क्षेत्रीय सभापति उपेन्द्र कार्कीले मुलुकमा शान्ति र संविधानका लागि उपनिर्वाचनमा काँग्रेसलाई विजयी गराउन अपिल गर्नुभएको थियो ।  (फोटो:    युपी लामिछाने)

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031