शनिबार, बैशाख १५, २०८१

अन्तरबिरोधका कारण पार्टी स्खलित भएको एमाओवादी नेता श्रेष्ठको जिकीर

  • पार्टी अध्यक्ष क. प्रचण्डले पार्टीको लगाम हाँक्न सकेन 
  • निजी गाडी चढ्ने पार्टीका नेता तथा कार्यकर्ताको आयस्रोत पारदर्शी नरहेको खुलासा
  • देश नवउपनिवेश हुने खतराको संघारमा

काठमाडौं ज्येष्ठ २८, एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले आज आफ्नै निवास हरिसिद्धीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको लगाम हाँक्न नसकेको भन्दै अवका दिनमा यदि पार्टीको अस्तित्व जोगाउने हे भने पार्टीमा तत्काल रुपान्तरणको आवश्यकता nkajiरहेको बताएका छन् ।

त्यस्तै पार्टीका उपाध्यक्ष समेत रहेका नेता श्रेष्ठले पार्टीमा दिनानुदिन बढ्दै गएको अन्तरबिरोधका कारण पार्टी स्खलित भएको जिकीर गर्दै सरकार र राजनीतिक दलको अकर्मन्यताका कारण २६ सभासद् मनोनयनको प्रक्रिया लम्बीएको आरोप पनि त्यस अवसरमा लगाए ।

साथै पत्रकारहरुको प्रशनको जवाफ दिदै नेता श्रेष्ठले निजी गाडी चढ्ने पार्टीका नेता तथा कार्यकर्ताको आयस्रोत पारदर्शी नरहेको खुलासा गर्दै मुलुकमा व्याप्त भ्रष्टाचार, सत्ता लोलपुपता, सिद्धान्त र मुल्यमान्यताको स्खलन भएका कारण विकास हुन नसकेको भन्दै यसलाई नसुधार्ने हो भने देश नवउपनिवेश हुने खतराको संघारमा रहेको बताउदै विराटनगरस्थित भारतीय क्याम्प तत्काल हटाउन अवश्यक रहेको बतएका छन ।