शनिबार, बैशाख १५, २०८१

एमाओवादीको राष्ट्रिय सम्मेलन भोलिसम्मका लागि स्थगित

विराटनगर वैशाख २१, एनेकपा (माओवादी)को विराटनगरमा जारी प्रथम राष्ट्रिय सम्मेलन भोलि बिहानसम्मका लागि स्थगन गरिएको छ ।आज बिहान ९ बजेदेखि सुरु भएको बन्दसत्र पाँच घन्टासम्म चलेको थियो । बन्दसत्रमा १८ जना समूह नेताले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक get_imgप्रतिवेदनमाथि टिप्पणी गर्नुभएको थियो ।

अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमाथि समूह नेताहरूले टिप्पणी गर्दै प्रत्यक्ष निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व चयन हुनुपर्ने धारणा राखेको एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । एमाओवादीका कार्यकर्ताहरूले खराब आचरण गर्ने केन्द्रीय नेतालाई फिर्ता बोलाउने व्यवस्था विधानमै गर्नुपर्नेमा जोड दिइआएका छन् ।

भोलि बिहान ८ बजे सुरु हुने बैठकमा नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले आ–आफ्ना धारणा राखेपछि उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पारित भएको घोषणा गर्ने कार्यक्रम छ ।प्रतिवेदन पारित भएपछि नयाँ नेतृत्व चयनको विषयले प्रवेश पाउने गर्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।