शुक्रबार, बैशाख १४, २०८१

एमालेको नवौं महाधिवेशनको मिति स-यो

काठमाडौ वैशाख २२, नेकपा (एमाले)को आगामी जेठ २४ देखि ३० गतेसम्म गर्ने भनिएको नवौं महाधिवेशनको मिति सरेको छ । केन्द्रीय कार्यालय बल्खुमा आज बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति आगामी असार १९ देखि २५ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको  हो । एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार पार्टी अध्यक्ष झलनाथ खनालको मङ्गलबारबाट सुरु हुने चीनको भ्रमण र संसदीय दलका नेता केपी शर्मा ओलीको स्वास्थ्य उपचार थाइल्यान्डमा भइरहेको कारण महाधिवेशनको मिति सार्ने प्रस्ताव आजको बैठकमा अध्यक्ष खनालले राख्नुभएको थियो ।

त्यस्तै सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरुलाई पनि स्वतः प्रतिनिधि बनाउने निधोसमेत बैठकले गरेको नेता ज्ञवालीले बताउँदै महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेजको मस्यौदालाई अन्तिम रुप दिनका लागि आगामी जेठ ११ देखि १३ गतेसम्म केन्द्रीय समितिको बैठक बस्ने निर्णयसमेत आजको बैठकले गरेको छ ।