शुक्रबार, बैशाख १४, २०८१

पार्टीलाई गम्भीर प्रकृतिको रोग लागेको छ : अध्यक्ष प्रचण्ड

एमाओवादीको राष्ट्रिय सम्मेलनको बन्दसत्र सुरु हुँदै

काठमाडौं बैशाख १९, शुक्रवारदेखि विराटनगरमा सुरु भएको एमाओवादीको राष्ट्रिय सम्मेलनमाको बन्द सत्र आजदेखि सुरु हुने भएको छ । विरेन्द्र सभाहलमा बिहान ९ बजे शुरु हुने बन्द सत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्ने राजनीतिक दस्तावेज र पार्टीको विधानमाथि छलफल get_imgहुने प्रवक्ता दिनानाथ शर्मालाई उदृत गदै प्राप्त समाचारमा उल्लेख गरिएको छ । स्रोतका अनुसार एमाओवादीको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा नेताहरुवीत चलेको जुहारीका कारण आजको बन्द सत्रमा घम्साघम्सी पर्ने संकेत देखिएको बताईएको छ।

सम्मेलनको उद्घाटनसत्रमा नेताहरुको अभिव्यक्तिको जुहारीलाई पार्टी अध्यक्ष प्रचण्डले गम्भीर प्रकृतिको रोगको संज्ञा दिदै यो रोग निको पार्न मजदुर वर्गको सहायता आवश्यक परेको अभिव्यक्ति दिनु भएको थियो । अध्यक्ष प्रचन्द्रले दोस्रो संविधानसभा निर्वाचनमा चुट्कीका भरमा ठूलै पार्टी भइएला भन्ने आफ्नो पूर्वअनुमान असफल भएको स्वीकार्दै दाहालले अब हुने निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी पनि गरे।
स्रोतका अनुसार सदस्य संख्या र केन्द्रीय प्रतिनिधिका आधारमा राज्य समितिलाई केन्द्रीय सदस्य छान्न दिने र सोही आधारमा केन्द्रीय समिति बनाउने सम्भावना छ भने प्रतिस्पर्धामा लगेर नेतृत्व छनोट गर्ने अर्को पनि सम्भावना छ। निर्वाचन प्रयोजनका लागि एक सातापहिले नै धर्मशिला चापागाईंको अध्यक्षतामा निर्वाचन आयोग गठन गरिएको छ। सम्मेलनमा प्रतिनिधि, पर्यवेक्षक समेत गरी करिब एक हजार पाँचसय प्रतिनिधि सहभागी भएका छन् ।