शुक्रबार, बैशाख १४, २०८१

आजदेखि विराटनगरमा एमाओवादीको पाँच दिने राष्ट्रिय सम्मेलन सुरु हुँदै

राष्ट्रिय सम्मेलनले पार्टीलाई नयाँ गति प्रदान गर्ने अध्यक्ष प्रचन्द्रको विश्वास

काठमाडौं बैशाख १८, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनले पार्टीलाई नयाँ गति प्रदान गर्ने तथा नयाँ सङ्गठनको संरचनाको विकास गर्नेे बताउनुभएको छ । विराटनगरमा आजदेखि सुरु हुने लागेको पार्टीको प्र्रथम राष्ट्रिय सम्मेलनको तयारीबारे prachanda2जानकारी गराउन आयोजक समितिले विराटनगरमा बुधवार साँझ आयोजना गरेको पत्रकारसम्मेलनलाइ सम्बोधन गदै सम्मेलनले पार्टीलाई नयाँ कार्यदिशा प्रदान गर्ने बताउँनु भएको छ ।

त्यस्तै अध्यक्ष दाहालले १५ महिनाअघि हेटाँैडामा भएको पार्टीको महाधिवेशनका कार्यदिशालाई परिमार्जन गर्दै पार्टीलाई नयाँ संरचनाबाट अगाडि बढाउन सम्मेलनको आयोजना गरिएको जानकारी दिदै सम्मेलनमा एउटै कम्युनिष्ट केन्द्र बनाउन आफूले तयार पारेको दस्तावेज प्रस्तुत गर्ने जानकारी दिँदै त्यसलाई व्यापक छलफल गरी पारित हुने विश्वाससमेत व्यक्त गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै विहीबारबाट पाँच दिनसम्म चल्ने सो सम्मेलनमा प्रतिनिधि र पर्यवेक्षक गरी करिब एक हजार १०० को सहभागिता रहने बताइएको छ।