शनिबार, बैशाख १५, २०८१

एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

 जाजरकोट चैत ३, जाजरको���को पैक गाविसको लात्तचुलीमा रहेको स्काई फोन टावरमा खराबी हुँदा त्यस क्षेत्रका तीनवटा गाविसका स्थानीयवासी मर्कामा परेका छन् । एक महिनाअघि चट्याङ पर्दा लाताचुलीमा रहेको स्काई टेलिफोन टावर खराबी भएको हो । एक महिना बितिसक्दा पनि सम्बन्धित निकायले PRT35Iमर्मततर्फ ध्यान नदिँदा पैक, ढिमे, अछानी लगायतका गाविसका स्थानीयवासी मर्कामा परेका हुन् ।

नेपाल टेलिकम जाजरकोट शाखाले मर्मतका लागि प्राविधिकहरू छिट्टै सो ठाउँमा पठाइने बताएको छ । टेलिफोन नहुँदा यस क्षेत्रका स्थानीय फोन गर्नकै लागि एक दिन हिँडेर सदरमुकामनजिक फोनले काम गर्ने ठाउँमा आउने गरेको पैक–३ की राधिका रोकायले बताइन् ।