बुधबार, बैशाख ५, २०८१

स्थानीय निकाय निर्वाचन अहिलेको आवश्यकता : अध्यक्ष थापा

  विराटनगर चैत १, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्थानीय निकायको निर्वाचन अहिलेको प्रमुख आवश्यकता भएको र यसले नै kamal thapa 1सङ्घीयतालाई बलियो बनाउने बताउनुभएको छ । विराटनगरस्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली काँग्रेस र एमाले स्थानीय निकायको निर्वाचनप्रति गम्भीर नभएकाले निर्वाचन हुनेमा आशङ्का व्यक्त गर्नुभयो ।

उहाँले संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्छ भन्ने संवैधानिक व्यवस्था छ तर सत्तासीन दुई पार्टी नेका र एमालेबीच भएको सात बँुंदे सहमतिले उक्त विषयलाई समाप्त पार्ने काम भएको आरोप लगाउनुभयो ।संविधानसभाले ताजा जनादेश पाइसकेको हुँदा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपथ्र्यो तर त्यो सम्मानित पदलाई नवीकरण गर्ने काममात्र भएको छ, जुन असंवैधानिक कदम हो– अध्यक्ष थापाले भन्नुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728