शुक्रबार, बैशाख १४, २०८१

काँग्रेसले विधानसभाको अध्यक्षमा एमाले उम्मेदवार नेम्वाङलाई सघाउँने

 काठमाडौँ फागुन ५, नेपाली काँग्रेसको आज केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको संसदीय समितिको बैठकले नेकपा (एमाले)सँग भएको सात बुँदे BP_smriti_bhawan_Nepali_congressसहमतिलाई अनुमोदन गर्दै भोलि हुने संविधानसभाको अध्यक्षको निर्वाचनमा एमालेका उम्मेदवारलाई मत दिने निर्णय गरेको छ । साथै काँग्रेसले गृहमन्त्रालयमा आफ्नो अडान यथावत राख्दै नेकपा (एमाले)लाई मन्त्रिमण्डलमा अविलम्ब सहभागी हुन पनि आह्वान गरेको छ ।

त्यस्तै आजको बैठकमा सहभागि नेताहरुले प्रधानमन्त्री र काँग्रेसका नेताले समेत गृहमन्त्रालय एमालेलाई दिने सहमति नभएको सार्वजनिक अभिव्यक्ति दिँदै आएको पक्ष प्रति लक्षित गर्दै मन्त्रालय विवादमा नअल्झी एमालेलाई अविलम्ब सरकारमा सहभागी हुन अग्रसरताका लागि आह्वान गर्ने निर्णय भएको बताएका छन । साथै आजको बैठकमा काँग्रेसको तर्फबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम छनौट गर्ने भनिए पनि प्रस्तुत प्रसंगमा त्यस्तो कुनै छलफल नभएको  बताइएको छ ।