बिहिबार, बैशाख १३, २०८१

संविधानसभा अध्यक्ष चयनका लागि आज ब्यवस्थापिका संसदमा मतदान हुँदै

बहुमतीय प्रक्रियाबाट  सुवास नेम्वाङ सभाध्यक्ष  हुँने पक्का पक्की

काठमाडौं फागुन ६, संविधानसभा अध्यक्ष चयनका लागि आज ब्यवस्थापिका संसदमा मतदान हुँदैछ । हिजो सहमतीय प्रक्रिया सम्भव नभएपछि आज subahsबहुमतीय प्रक्रियाबाट सभाध्यक्षको चयन गरिने भएको हो । एमालेको तर्फबाट उम्मेदवार रहेका संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङलाई काग्रेस, राप्रपा नेपाल,राप्रपा लगायतका सानादलहरुको समर्थन रहेका कारण नेम्वाङ सभाध्यक्ष हुने पक्का पक्की रहेको छ । यसै विषयमा हिजो नेकपा एमालेले बोलाएको सर्वदलीय बैठकमा राप्रपा नेपाल, राप्रपा, नेपाल मजदुर किसान पार्टी लगायतका दलहले मतदान गर्ने प्रतिवद्धता जनाए पछि नेम्वाङ सभाध्यक्ष हुने संभावना झन बलियो भएको हो ।
यसैवीच संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बहुमतका आधारमा सभाध्यक्ष चयनका लागि आज दिउँसो १ देखि २ बजेसम्म उम्मेदवारी दर्ता हुने जानकारी दिनुभएको छ । साढे २ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गर्ने र साँझ ५ बजे मतदान गरिनेछ । संविधानसभा अध्यक्ष संसदका पदेन सभामुख हुने ब्यवस्था छ ।