बिहिबार, बैशाख १३, २०८१

मन्त्रिपरिषद् विस्तारका लागि काँग्रेस संसदीय बोर्डको बैठक बस्दै

 काठमाडौ फागुन ५,  नेपाली काँग्रेस संसदीय बोर्डको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान सुरु भएको छ । संसदीय दलका नेता एवम् BP_smriti_bhawan_Nepali_congressप्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा सुरु भएको आजको बैठकबाट मन्त्रिपरिषद् विस्तारका लागि काँग्रेसको तर्फबाट मन्त्री हुनेहरूको नाम छनोट गर्नुको अलावा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा एमालेसँगको सत्ता साझेदारीको सवालमा छलफल हुने बताइएको छ ।

त्यस्तै बैठकले मङ्गलबार हुने संविधानसभाको अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि पनि कसलाई सघाउँने भन्ने प्रसंगमा काँग्रेसले दृष्टिकोण बनाउँने तयारी गरिरहेको बुझिएको छ । बैठकमा उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवालगायत नेताहरूको सहभागिता रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31