शनिबार, बैशाख १५, २०८१

संविधानसभामा प्रस्तुत हुने तौर तरिका सहित काँग्रेस सभासद्लाई विशेष प्रशिक्षण

 कठमाडौं माघ ५, नेपाली काँग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले संविधासभा तथा व्यवस्थापिका–संसदको विधि र प्रक्रियाबारे आफ्ना नवनिर्वाचित सभासद्लाई प्रशिक्षण दिन आयोजित कार्यक्रमको उद्घाटन गर्दैै सभापति सुशील कोइरालाले संविधान लेखनको काम कठीन र चुनौतीपूर्ण भएको भन्दै देशको Congress-flagकानुन, पार्टीको घोषणापत्र, लोकतान्त्रिक मूल्य मान्यता र समसामयिक विषयहरुमा सभासद्हरु गहिरो अध्ययनका साथ संविधानसभामा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।  त्यस्तै सभापति कोइरालाले अघिल्लो संविधानसभाले धेरै कुरामा सहमति जुटाएको भएपनि शासकीयस्वरुप र संघीयताजस्ता कुरामा सहमति हुन बाँकी रहेकाले त्यसमा पनि सहमति जुटाएर एक वर्षमै संविधान जारी गर्नुपर्ने र त्यसको लागि सबै सभासद्हरु जिम्मेवार ढङ्गले संविधानसभामा प्रस्तुत हुनु पनि विशेष आग्रह गर्नु भएको थियो । 

 प्रशिक्षण नवनिर्वाचित सभासद्लाइ नेपालको संविधान, संविधानसभा नियमावली एवं व्यवस्थापिका–संसद नियमावली, संसदमा बोल्ने वा प्रस्तुत गर्ने प्रस्ताव वा विधेयक संशोधनसम्बन्धी कागजात, कार्यसूची र सूचना, भाषा, समयसीमा, पोशाक, वैठकमा वस्ने क्रम, प्रश्न र ध्यानाकर्षण, जरुरी सार्वजनिक महत्व, विलम्बकारी, स्थगन र संकल्प प्रस्ताव तथा सदस्यको विशेषाधिकार विषयमा प्रशिक्षण दिइएको थियो ।  कार्यक्रममा संविधानसभा संवैधानिक समितिका पूर्व सभापति नीलाम्बर आचार्य, केन्द्रीय सदस्यहरु नरहरि आचार्य र रमेश लेखक लगायतका विज्ञहरुले प्रशिक्षण दिनु भएको थियो ।