शुक्रबार, बैशाख १४, २०८१

प्रचण्डले भने मइले नेतृत्व छाडे पार्टीभित्र थप सङ्कट आउँछ

 विराटनगर माघ ५, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले आफूले पार्टीको नेतृत्व नछाड्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा p dhallगर्दै अध्यक्ष दाहालले निर्वाचनपश्चात् पार्टीमा जटिल अवस्था सिर्जना भएकाले यस्तो अवस्थामा आफूले नेतृत्व छाडे पार्टीभित्र थप सङ्कट एवम् जटिलता उत्पन्न हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले अहिले पार्टीभित्र चलेको बहसमा निर्वाचन परिणामको विषयमा गम्भीर छलफल गरेर अघि बढ्ने तर नेतृत्व कुनै हालतमा पनि हस्तान्तरण गर्न नहुने बताउनुभयो । एक प्रश्नको जवाफमा उहाँले राष्ट्रपति र उपराष्ट्रपतिको विवादभन्दा पनि संविधान निर्माण गर्नु पार्टीको मूल लक्ष्य भएको र त्यसमा नै पार्टीको ध्यान केन्द्रीत रहेको छ भन्नुभयो । अध्यक्ष दाहालले सरकार बनाउने मुख्य जिम्मेवारी नेपाली काँग्रेसको रहेको धारणा व्यक्त गर्दै यस विषयमा काँग्रेस बढी गम्भीर हुनुपर्ने बताउनुभयो ।