मङ्लबार, बैशाख ११, २०८१

काँग्रेस संसदीय दलको नेता चयनको लागि प्रस्तावित निर्वाचनको कार्यक्रम सार्वजनिक

काठमाडौ माघ ८,  कांग्रेस संसदीय दलको नेतामा सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र नेता शेरबहादुर देउवाबीच सहमति  bp-koirala4हुनसकेपछि  निर्वाचनबाट संसदीय दलको नेता छनोट गर्ने लक्ष्य अनुरुप कांग्रेस केन्द्रीय समितिको बैठकले प्रवक्ता दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा गठन गरिएको निर्वाचन समितिले दलको नेता चयनको लागि प्रस्ताव गरिएको निर्वाचन सम्बन्धी कार्यतालिका आज सार्वजनिक गरिएको छ ।

निर्वाचन समितिले आउँदो माघ १२ गते तय गरेको निर्वाचनको लागि आज सार्वजनिक गरिएको निर्वाचनतालिका अनुसार भोलि ९ गते विहान ११:३० बजे मतदाता नामावली प्रकाशन त्यस्तै गरि सोहि दिन विहान १२ बजे देखि २ बजेसम्म मतदाता नामावली उपर दाबी विरोध तथा छुट वा सच्चाउनुको अलावा माघ ९ गते ३:०० बजे मतदाताको दाबी विरोधमा जाँचबुझ गरी अन्तिम नामावली प्रकाशनको कार्यक्रम तय भएको निर्वाचन समिति संयोजक  दिलेन्द्रप्रसाद बडूद्दारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै गरि माघ ११ गते शनिबार बिहान ११ बजे देखि १ बजेसम्म रु ५ हजार रुपैयाँ सहित उम्मेदवारको उम्मेदवारी दरखास्त दर्ता गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । साथै उम्मेदवारी दर्ता पछि दिउँसो १:३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारको दाबी विरोध, दिउँसो ३:१५ बजे दोश्रो नामावली प्रकाशन, दिउँसो ३:१५ बजे देखि ५ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोहि दिन दिउसो ५:१५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन निर्वाचन समितिले जनाएको छ । त्यसपछि माघ १२ गते आइतबार विहान ८:३० बजे देखि ११:३० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुने निर्वाचन कार्यक्रममा उल्लेख छ । कांग्रेस संविधानसभा संसदीय दलको विधान २०६५ को धारा ५ को उपधारा ५ बमोजिम कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसके सोही दिन पुनः निर्वाचन प्रक्रिया अपनाइने जनाइएको छ ।