शुक्रबार, बैशाख ७, २०८१

कांग्रेसले निर्वाचित र समानुपातिक सभासदहरूलाई प्रशिक्षण दिदै

नेपाली कांग्रेसको तर्फबाट निर्वाचित सभासदहरूलाई प्रमाणपत्र वितरण

काठमाडौं माघ ५, नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित सभासदहरूलाई शनिवार केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका वीच बधाई ज्ञापन गर्दै प्रमाणपत्र वितरण गरेको छ । कार्यक्रममा कांग्रेस सभापति सुशील कोइरालाले निर्वाचित सभासदहरूलाई माला लगाई सम्मानित गर्दै सबै सभासदहरूलाई  संविधान निर्माणका लागि सक्रिय भएर जुट्न आग्रह गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा वरिष्ठ नेता शेरबहादुर देउवाले कांग्रेसले जनतामाझ गरेको बाचा नभूल्न आग्रह गदै एक वर्षभित्र समावेशीसहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने वातावरण निमाण गर्न कम्मर कसेर लाग्न अव ढिलाइ  गर्न नहुने बताउँनु भएको थियो ।
उपसभापति पौडेलले ठूलो पार्टीको हैसियतले कांग्रेसको काँधमा संविधान र सरकार निर्माण गर्ने दायित्व आएको बताए । उनले अघिल्लोपटक कांग्रेस पराजित हुँदा संविधान आउन नसकेको स्मरण गराउँदै एक वर्षभित्र संविधान जारी गर्न संविधानसभामा रचनात्मक र सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउँनु भएको थियो ।
यसैवीच  कांग्रेसले निर्वाचित र समानुपातिक सभासदहरूलाई आइतबार संविधानसभा, व्यवस्थापिका संसद्मा खेल्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिने भएको छ । पार्टीको नीति तथा प्रशिक्षण विभागले प्रशिक्षण आयोजना गरेको हो । प्रशिक्षणमा विगतमा संविधानसभामा हुन नसकेका सहमति, भएका सहमतिका विषयमा जानकारीसमेत गराउने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031