बिहिबार, बैशाख २०, २०८१

राजधानीमा १२औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताको आयोजना हुने

नेपालबाट प्रतियोगितामा शारीरिक सुगठन प्रतियोगिता, जुनियर शारीरिक सुगठन प्रतियोगिता एवं यस विधा अन्र्तगत पुरुष फिटनेस फिजिक्स, पुरुष एथलेटिक्स फिजिक्स, पुरुष स्पोर्टस् फिजिक्स, महिला एथलेटिक्स फिजिक्स तथा महिला मोडल फिजिक्स गरी जम्मा १८ विधामा २३ खेलाडीहरु र ५ अफिसियल गरी २८ जनाको सहभागिता रहने

काठमाडौं असार २७,   नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको तत्वावधानमा दक्षिण एशियाली शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारा १२औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताको आयोजना हुँने भएको छ ।

प्रत्येक वर्ष हुँदै आएको प्रस्तुत प्रतियोगिता नेपालले तेस्रो पटक आयोजना गर्न लागेको हो । राजधानीस्थित प्रज्ञा भवन, कमलादीमा भव्य रुपले अन्र्तराष्ट्रिय मापदण्ड अनुसार आसन्न नेपाल भ्रमण वर्ष २०२० लाइ समेत सहयोग पुर्याउँनले लक्ष्य सहित श्रावण ३ र ४ गते आयोजना हुन लागेको यस प्रतियोगितामा दक्षिण एशियाली मुलुकहरुबाट खेलाडी, निर्णायक र अफिसियल गरी १३० जनाको सहभागिता हुने निश्चत भइसकेको छ ।  खेललाई निष्पक्ष रुपमा संचालन गर्न थाइलैण्ड शारीरिक सुगठन संघबाट ४ जना विश्वस्तरीय निर्णायक समेत सहभागी हुने नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले जानकारी दिनु भएको छ ।

त्यस्तै उहाले प्रतियोगिताका लागि अनुमानित बजेट करीब रु १ करोड ३६ लाख रहेको जानकारी दिदै नेपालबाट प्रतियोगितामा शारीरिक सुगठन प्रतियोगिता, जुनियर शारीरिक सुगठन प्रतियोगिता एवं यस विधा अन्र्तगत पुरुष फिटनेस फिजिक्स, पुरुष एथलेटिक्स फिजिक्स, पुरुष स्पोर्टस् फिजिक्स, महिला एथलेटिक्स फिजिक्स तथा महिला मोडल फिजिक्स गरी जम्मा १८ विधामा २३ खेलाडीहरु र ५ अफिसियल गरी २८ जनाको सहभागिता रहने बताउँनु भएको छ ।

त्यस्तै अध्यक्ष श्रेष्ठले प्रतियोगिताको आयोजनार्थ विभिन्न व्यापारिक प्रतिष्ठान तथा संघ संस्थाको प्रायोजनसंगै नेपाल सरकार, यूवा तथा खेलकुद मन्त्रालयबाट वार्षिक बजेट तथा कार्यक्रम मार्फत रु १० लाख रकम विनियोजन गरिएको जानकारी दिदै नेपाल सरकारबाट अन्तराष्ट्रिय प्रतियोगितामा सरकारको सहभागिता जनाई खेल तथा खेलाडीहरुलाई प्रोत्साहन गरिदिएकोमा संस्थागत रुपमा नेपाल सरकार प्रति हार्दिक आभार प्रकट समेत गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।