बिहिबार, बैशाख २०, २०८१

सरकारको क्लिन फिड प्रसारणको अवधारणा विरुद्ध सेवा प्रदायक कम्पनी

काठमाडौ असार ९ , सरकारले संसदमा प्रस्तुत गरेको विज्ञापन नियमनसम्वन्धी विधेयकको बिरोधमा इन्टरनेट तथा डिजिटल टीभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्तरुपमा आजबाट २४ घण्टा विदेशी च्यानलहरु बन्द गरेका छन ।

संसदमा विचाराधीन अवस्थामा रहेको प्रस्तुत बिधेयकको दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित अर्थात क्लिन फिड प्रसारण गर्नुपर्ने उल्लेख गरिएको छ । स्मरण रहोस नेपालमा प्रसारण हुने अधिकाश विदेशी च्यानलहरुमा विज्ञापन बज्ने गरेको
छ ।

सरकारद्दारा प्रस्तावित एवम संसदमा विचाराधिन रहेको बिधेयकको गरेको बिदेशी च्यानलको हकमा कार्यान्वयन गर्न खोजेको क्लिन फिडको विरोध गर्दै सेवाप्रदायक कम्पनीले असार ९ गते दिउँसो ३ बजेदेखि असार १० गते ३ बजेसम्म विदेशी च्यानलहरु बन्दको घोषणा गरेको हो । यद्यपी विज्ञापन नभएका विदेशी च्यानलको भने निर्वादरुपमा सञ्चालनमा रहेको छ ।

स्मरण रहोस यसअघि प्रम ओलीकै नेतृत्वमा रहेको अघिल्लो सरकारले ०७४ साल साउन १ गतेदेखि ‘क्लिन फिड’ लागू गर्ने निर्णय गरेपनि तत्कालीन समयमा देशी तथा विदेशी सेवा प्रदायक कम्पनीको दवावका कारण प्रस्तुत अवधारणा कार्यान्वयमा हुन सकिको थिएन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।