काठमाडौ बैशाख २०, फ्रिडम फोरमले २६औँ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा (सन् २०१८ मे देखि २०१९ अप्रिलसम्म) मा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनाबारेको तयार पारिएको वार्षिक मिडिया प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा बाहिरबाट हेर्दा प्रेस स्वतन्त्र रहेको भए पनि सञ्चारगृहमा काम गर्ने पत्रकार अझै सुरक्षाको सवालमा खतरामुक्त हुन नसकेको बताउँनु भएको छ ।
विहिवार राजधानीमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष शर्माले संविधानमा भएको सुन्दर पक्षको कार्यान्वयनमा ठूलो चुनौती रहेको बताउँदै मुलुक सङ्घीयतामा गएपनि मानसिकता अझै केन्द्रिकृत रहेका कारण यो वात्यो कोणबाट नेपाली प्रेस जगत मावनअधिकार लगायतका यावत क्षेत्रमा समस्या देखिएको बताउनु भएको छ । साथै उहाँले हुँदै गरेको आयोगको ऐन संशोधनको प्रारुप हेर्ने हो भने सशोधन हुने ऐनले संवैधानिक अधिकार कुण्ठित गर्ने बताउँनु भएको छ ।
कार्यक्रममा राजपाका नेता वृजेशचन्द्र लालले पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्ने तर व्यवहारमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने प्रवृत्तिले प्रशय पाउँँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । त्यस्तै नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारलाइ यो वा त्यो नाममा प्रताडित गर्ने र पत्रकारका हत्यारालाई कारवाही गर्ने क्रममा विराम लाग्दा मुलुकमा दण्डहीनता मौलाएको बताउँनु भएको उक्त कार्यक्रममा विवेकशील नेपाली दलका संयोजक उज्ज्वल थापाले वर्तमान सरकार आफैँले सूचना लुकाएर प्रेसमाथि अङ्कुश लगाउन खोजेको बताए ।
त्यस्तै फ्रिडम फोरमका प्रमुख कार्यकारी अध्यक्ष तारानाथ दाहालले स्वतन्त्र प्रेस प्रतिकूलका कानून तथा नीति निर्माण, पत्रकारप्रति बढ्दो असहिष्णुता, अनादर व्यवहार, पत्रकारमा बढ्दो डिजिटल निगरानी, विगतदेखि रहँदै आएको प्रेस विरोधी घटनामा न्यायप्राप्तिमा विद्ययमान दण्डहीनता अन्त्यको कुनै प्रयास नहुनु, गोपनियताको हकसम्बन्धी कानूनमार्फत अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई सङ्कुचनमा पार्ने प्रयास हुनु, पत्रकार तथा मिडियाको दुरुपयोग बढ्नुजस्ता कारणले गत वर्ष प्रेस स्वतन्त्रताको अवस्था चुनौतीपूर्ण रहेको बताउँनु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान