शुक्रबार, बैशाख २१, २०८१

सत्तारुढ दलका अध्यक्ष प्रचण्डले माओवादी सकियो भन्ने स्वप्न नदेख्न दिए यस्तो चेतावनी

दुइ दशकपछि पनि शान्ति सम्झौताको भावना र मर्म विपरित कार्य सम्पादन भएकोमा प्रचण्डको विमति

काठमाडौ माघ २५,  भेनेजुएला प्रकरणमा भउएको विज्ञप्ति प्रकरणका कारण नेकपाका अध्यक्षद्दयवीचको सम्बन्धमा चिसोपन देखिएको चर्चाले व्यापकता पाउँदै गर्दा नेकपाका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौताको मर्म र भावनाअनुसार अघि बढ्न नसके मुलुकमा नयाँद्वन्द्वको सूत्रपात हुने संभावना बढ्दै गएको बताउँनु भएको छ ।

राजधानीमा आज वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानले लेखेको ‘न्यायिक समितिः कार्यविधि र प्रक्रिया’ नामक पुस्तकको विमाचन गर्दै अयक्ष प्रचण्डले यो वा त्यो नाममा माओवादी सकियो अव जे गर्दा पनि हुन्छ भन्ने दिवास्वप्न वोकका जोकोहिले पनि देखाउँदै आएको रवैयाले अर्को माओवादीको जन्मलाइ बाध्य पार्दै आएको जनाउ दिनु भएको छ। यद्यपी आफु नेतृत्वको पार्टीले दुए तिहाइको बहुमत सहितको सत्ता हाँक्दै आएको अवस्थामा अध्यक्ष प्रचण्डले अभिव्यक्त गरेका यि अभिव्यक्तिले पार्टी र सरकारभित्र मौलाउँदै गरेको विभेद र अराजकता सहितको थिचोमिचोलाइ लक्षित गरेको विश्लेषहरुको दावी रहेको छ ।

एकातर्फ अध्यक्ष प्रचण्डको आजको अभिव्यक्ति थिचोमिचोको उपज भएको जिकिर र अर्को तर्फ पशिचमी वायुको प्रभावले चिसिएको उपत्काको चिसो मौसमकावीच पनि गरमागर्मीको महसुस गरिएको छ । त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले भने अवस्था यस्तै रहिरहने हो भने अव हुँने द्वन्द्वलाई नेपालले धान्न नसक्ने बताउँदै  आफूहरू विकासको नयाँ युगतिर जाने लक्ष्यका साथ वर्तमान प्रक्रियामा आएको तर त्यो अनुसार अगाडि बढिरहेका छौँ त ? भन्दै प्रश्न समेत गरेका छन ।

साथै उहाँले थपे शान्ति सम्झौता र संविधानमा व्यवस्था गरिएका मूलभूत कुराहरूको इमानदार कार्यान्वयन मार्फत अगाडि बढ्नु हामी सबैको ऐतिहासिक जिम्मेवारीलाइ नजर अन्दाज गर्दै प्रदेश र स्थानीय तहमा सुरक्षा लगायतको अध्किार प्त्यायोजित गर्दा सिंहदरबारले कन्जुस्याइँ गरेको जिकिर गर्नुभएको छ । त्यस्तै संविधान कार्यान्वयनको प्रक्रिया हेर्दा स्थानीय र प्रदेश तहलाई विस्तारै कमजोर पारिँदै त छैन रु पुरानै संरचना र व्यवस्थालाई बलियो पार्ने कदम सिंहदरबारबाटै अग्रसर भएका त होइनन् भन्ने आफूलाई आभाष हुन थालेको जनाउ दिदै द्वन्द्वकालीन मुद्धालाइ पुनरावृत गर्दै धरपकड पक्राउ लगायतका कामकारवाही हुँनु यसको लक्षण भएको जनाउ दिएका छन ।

कार्यक्रममा सांसद रामनारायण बिडारी र राधेश्याम अधिकारीले वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र नेपाल बार एशोसिएशन सर्वोच्च अदालतका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारी लगायतले वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।