काठमाडौं असोज ९, दुई तिहाई बहुमतबाट बनेको शक्तिशाली सरकारमाथि जनताको विश्वास र भरोसा पातलिँदै गएको छ। ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लिएको सरकारबाट प्रतिबद्धताअनुसार काम नभएपछि जनतामा आशंका र चिन्ता बढेको हो। स्वयं सत्तारुढ नेकपाका उच्च नेता नै सरकारको कामबाट असन्तुष्ट छन्। अध्यक्ष पुष्पकमल दाहालले भाषण मात्रै गरिरहे जनताले कम्युनिस्टको विकल्प खोज्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत गराएका छन्। वरिष्ठ नेता माधव कुमार नेपालले चावहिल जोरपाटी सडकखण्ड निर्माणका विषयमा झुट बोलेको भन्दै यातायात मन्त्री रघुवीर महासेठको चर्को आलोचना नै गरे। नेपाल मन्त्रीसँगै उक्त सडक निरीक्षणमा पुगेका थिए।
सुरुवातमा केही सुधारका काम अगाडि बढाए पनि पछिल्लो समय कञ्चनपुरको निर्मला पन्त बलात्कार पछि हत्या प्रकरणको फितलो अनुसन्धान, विभिन्न कार्ययोजना घोषणा गर्ने तर काम नगर्ने (मेलम्चीको पानी भदौमा काठमाडौं आउने भनिएको थियो, तर अहिलेसम्म आएको छैन्), काठमाडौंका खाल्डाखुल्डी अझै नपुर्नु, सार्वजनिक यातायातको भाडा वृद्धि तथा आर्थिक समृद्धिका लागि द्रुत गतिमा काम नहुनुले सरकार आफ्नै दलका नेता/कार्यकर्ता, र प्रतिपक्ष र आमजनताबाट आलोचित बन्न पुगेको छ।
यसरी आलोचित भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मन्त्रालयहरुका काम कारवाहीमाथि निगरानी बढाएको छ। सरकार बनेको ६ महिना वितिसक्दा पनि अपेक्षाकृत प्रगति नभएको र चौतर्फी आलोचना मात्रै भएपछि प्रधानमन्त्री ओलीले मन्त्रालयका काम कारवाहीमाथि निगरानी बढाएका हुन्। यसका लागि मन्त्रिपरिषदले प्रधानमन्त्री कार्यालयको प्रादेशिक समन्वय तथा योजना महाशाखालाई अख्तियार प्रत्यायोजन गरेको छ।
कार्यविभाजन नियमावली संशोधन गरेर मन्त्रालयगत कामलाई प्रधानमन्त्री मातहत ल्याई अनुगमनमाथि अनुगमन गर्न सचिव केदार बहादुर अधिकारी प्रमुख रहेको महाशाखालाई अख्तियार प्रत्यायोजन गरिएको हो। अनुगमनमाथि अनुगमन भन्नाले आफू मातहत निकायको अनुगमन गरिरहेको मन्त्रालयमाथि प्रधानमन्त्री कार्यालयले अनुगमन गर्ने हो। मन्त्रिपरिषदबाट अख्तियारी पाएपछि योजना महाशाखाले विभिन्न ६ मन्त्रालयमा अनुगमन गरेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार उर्जा जलस्रोत तथा सिंचाई, शिक्षा विज्ञान तथा प्रविधि, महिला बालबालिका तथा समाज कल्याण, सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात र खानेपानी तथा सरसफाई मन्त्रालयमा भर्खरै गरिएको अनुगमनमा काम सन्तोषक नभएको पाइएको छ। यी मन्त्रालयमा सह सचिव यमलाल भुसाल, उप सचिव राजिव पोखरेल शाखा अधिकृतद्वय बेनुकराज कार्की, कुल प्रसाद भट्टराईको टोलीले अनुगमन गरेको थियो।
‘कार्ययोजना अनुसार जति काम हुनुपर्ने हो त्यो देखिएको छैन्, काम सुरु भइसक्यो, प्रक्रियामा छ भन्ने जवाफ मात्रै छ। परिणाममुखी काम देखिएन’, अनुगमनमा संलग्न एक अधिकारीले भने। उनका अनुसार काम नहुनुमा कर्मचारीको व्यवहार, कार्यशैली मुख्य कारण देखिन्छ। ‘मेरो काम हो मैले गर्नुपर्छ भन्दा पनि जागिर खाइएकै छ’ भन्ने प्रवृतिका साथै केही प्राविधिक कठिनाई पनि रहेको छ। प्रधानमन्त्री ओली पनि अनुगमनलाई कडाईका साथ अघि बढाउने र काम नगर्नेमाथि कारवाही गर्ने निष्कर्षमा पुगेको उनी बताउँछन्। ‘प्रधानमन्त्रीकै चासोमा अनुगमन सुरु गरिएको हो। योजना कार्यान्वयन भएन भने कारवाहीको चरण सुरु हुन्छ।’
प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सह सचिव विनोद बहादुर कुँवरले मन्त्रालयका कामकारवाहीलाई प्रभावकारी बनाउन अनुगमन भइरहेको बताए। ‘मन्त्रालयले आफूले ल्याएको कार्ययोजना अनुसार काम गर्यो कि गरेन भनेर हेर्छौ। भएन भने किन भएन, समस्या के हो पत्ता लगाउने र समाधानका लागि समन्वय गर्छौ’, उनले भने। अनुगमनले मन्त्रालयको कार्ययोजना कार्यान्वयनमा झक्झक्याउने भन्दै उनले आर्थिक समृद्धिको लक्ष्यमा पुग्न कही कतै अलमलिने ठाउँ नभएको र परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए। नागरिकबाट
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान