आइतवार, जेष्ठ ६, २०८१

प्रस्तावित प्रन्या अस्वीकृतको घटना कार्यकारिणीको नियन्त्रणकारी हस्तक्षेपको पराकाष्ठा भएको काँग्रेसको ठहर

 काठमाडौ साउन २२ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज आकस्मिक बैठक बस्दैछ ।  पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न बसेको बैठकमा मुलुको पछिल्लो राजनैतिक घटनाक्रमको सवालमा काँग्रेसले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका सिफारिश गरिएका प्रस्तावित प्रन्या अस्वीकृत भएको घटना आफैमा न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण भएको ठहर गरेको छ ।

साथै बैठकले प्रस्तावित प्रन्या अस्वीकृतको घटनालाई नियन्त्रणकारी हस्तक्षेपको पराकाष्ठा भएको भन्दै आगामी दिनमा लोकतन्त्रका आधारभूत म��ल्य, मान्यता, संविधान, संवैधानिक सर्वोच्चता र न्यायापालिकाको स्वतन्त्रता एवं निष्पक्षता रक्षाका लागि क्रियाशील हुने नितिगत निर्णय गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै बैठकले स्याङ्जा काँग्रेसका सभापति एवंम पूर्वसांसद कमलप्रसाद पगेँनी , नुवाकोट काँग्रेसका पूर्वमहासमिति सदस्य विष्णु आचार्य र संखुवासभाका काँग्रेस महाधिवेशन प्रतिनिधि भैरुङ्ग भोटेका निधन प्रति शोक प्रस्ताव पारित गर्दै मृतात्माको चीरशान्तिको कामना गर्दै सबै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

 Publish on: Aug 7, 2018 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।