सरकार भने-वेफिक्रि मुद्रामा, सरकार र सरकारका मन्त्रीहरुको आ-आफ्नै रटान
- केसी पक्षधरलाइ निःशर्त वार्तामा आउन सरकारी वार्ता टोलीको आह्वान
- प्रत्येक दिन हुने गरेको नारा जुलुस सहितको दबाबमूलक कार्यक्रमका कारण राजधानी तनावग्रस्त
- नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले पनि जनाए एैकेवद्धता
काठमाडौ साउन ६ , सरकारले चिकित्सा शिक्षा विधेयक फिर्ता एवम समग्र स्वास्थ्यक्षेत्रको सुभारको माग गर्दै गत ३ साता अघिबाट अनसनमा रहनु भएका डा गोविन्द केसी पक्षलाई वार्ताका लागि आह्वान गरेका छन । शनिवार सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले एक विज्ञप्ति जारी गर्दै डा केसी पक्षलाई निःशर्त वार्तामा आउनका लागि आह्वान गर्नुभएको हो । संयोजक बरालले जारी गर्नु भएको विज्ञप्तिमा सम्बोधन गर्न सकिने डा केसीका माग तत्कालल सम्बोधन गरिने समेत उल्लेख गर्दै यस्तो आव्हान गरेको हो ।
यसवीचमा डा केसी पक्षधरले भने चिकित्सा शिक्षा विधेयक फिर्ता वा स्थगित नभएसम्म वार्ता टोली वार्तामा नबस्ने बताउँदै आइरहेका छन । यद्यपी डा केसी पक्ष संग यसअघि भएको वार्ताले कुनै निकास पहिल्याउँने मार्ग प्रसस्त गर्न नसकेको अवस्था रहेको छ भने डा केसीलाइ समर्थन गर्दै अधिवक्ता ओमप्रकाश अर्याल समेत डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै आइतबार सामूहिक अनशन बस्ने तयारीमा रहेको बुझिएको छ । त्यस्तै प्रमसख प्रतिपक्षी दल नेपाली काँग्रेस , विभिन्न पेशाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारण समेतले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई अनशनरत डा गोविन्द केसीको माग पूरा गर्न निरन्तर आग्रह गर्दै गर्दा पनि सरकार भने कानमा तेल हालेल एक्लो वार्ताको रटान लगाउँदै बसेका छन । प्रत्येक दिन राजधानीमा नारा जुलुस सहितको दबाबमूलक कार्यक्रमको आयोजनालाइ जारी राखेका छन । यसक्रममा शनिवार तरुणदलको कार्यक्रममा प्रहरी हस्तक्षेप हुँदा राजधानी तनावग्रस्त भएको थियो ।
यता सरकार िवार्ता टोलीको आव्हान संगै सरकारका गृहमन्त्री रामबहादुर थापा डा गोविन्द केसीको माग लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधन गरिने बताउन छोड्न भएको छैन भने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अनशनबाट मात्रै कुनै पनि समस्या समाधान नभएको भन्दै चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा फिर्ता नहुने जनाउ दिदै अनशनरत डा गोविन्द केसीका माग सरकारले वार्ताको माध्यमबाट सम्बोधन गर्न तयार रहेको जनाउ दिन पछि पर्नु भएको छैन । मुलत सरकार र सरकारका मन्त्रीहरुका कारण प्रस्तुत मुद्धा दिनानुदिन पेचिलो बन्दै गइरहेको अवस्थाका वीच शनिवारनै नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले शिक्षण अस्पताल पुगी डा गोविन्द केसीलाई भेटी उहाँको स्वास्थ्यबारे जानकारी लिदै अध्यक्ष वैद्यले डा केसीलाई भेटी उहाँको अभियानमा आफ्नो पार्टीको पूर्ण समर्थन र साथ रहेको बताउनुभएको छ ।
स्मरण रहोस, असार १६ मा जुम्लामा अनसन शुरु गरेका डा केसीलाइ बल प्रयोग गर्दै सरकारले गत बिहीबार काठमाडौं ल्याएपनि उहाँले कुनै पनि स्वास्थ्य परीक्षण गराउन र औषधि लिन अस्वीकार गर्दै आउनुभएको छ । जसका कारण उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र कुनै पनि समयमा अप्ठ्यारोमा पर्नसक्ने बताइएको छ । तर चौैतर्फी दवाव र विरोधका वावजुदपनि पनि सरकार दुइ तिहाइको दम्भ सहित चिकित्सा शिक्षा विधेयकको सवालमा तसमस नहुनु आफैमा आश्चर्यको विषय भएको छ ।
Publish on: Jul 22, 2018
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिदै यादव नेतृत्वको जसपा सरकारबाट वाहिरिए
- कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैं
- आज कांग्रेस संसदीय दलको बैठक बस्दै
- सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध ४० करोडको भ्रष्टाचार मुद्दा दायर
- सरकारबाट एमाले र माओवादी बाहिरिएसंगै जसपा नेतृत्वको सरकार अल्पमतमा
- संसदमा जारी गतिरोध अन्त्यका लागि सभामुखले बोलाएको बैठक निष्कर्षविहीन
- राष्ट्रपति पौडेलका आर्थिक सल्लाहकार डा.नेपालले दिए राजीनामा
- नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री
- अन्तत, सत्तासाझेदार नेकपा एस पनि संसदीय समिति गठनको पक्षमा उभिए
- उपत्यकाकै सबैभन्दा लामो रातो मछिन्द्रनाथको रथजात्रा आजबाट शुरु
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान