बिहिबार, जेष्ठ १०, २०८१

घुससहित खानेपानी डिभिजनका इन्जिनियर पक्राउ

काठमाडौ असार २२,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका इन्जिनियर शेखरनाथ खनाललाई १ लाख ३० हजार नगद घुससहित पक्राउ गरेको छ ।

आयोगका उपसचिव एवं सहायक प्रवक्ता मदन कोइरालले जारी गर्नु भएको विज्ञप्तिमा  खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धुलिखेल, काभ्रेमा कार्यरत ईन्जिनियर खनालले खानेपानी तथा सरसफाई सम्बन्धी कामको पहिलो किस्ताको काम सम्पन्न भई बिल भुक्तानिका लागि पेश गर्दा सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको अनुसन्धान गर्नेक्रममा हिमालयन यति कफी सप धुलिखेल, काभ्रेबाट रङगेहात घुस रकम सहित पक्राउ गरिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु