आइतवार, जेष्ठ ६, २०८१

संसद बैठक असार २५ गतेसम्मको लागि स्थगित

कठमाडौं असार २२ प्रतिनिधिसभाको बैठक असार २५ गतेसम्मको लागि स्थगित भएको छ।  प्रमुख प्रतिपक्षी दलले आमरण अनशनरत डा गोविन्द केसीको उपचारको व्यवस्था गरी जीवनरक्षा गर्न माग गर्दै संसदमा दर्ता गराएको महत्वको प्रस्ताव बैठकको कार्यसूचीमा नराखेको भन्दै विरोध जनाएपछि अवरुद्ध भएको संसदको बैठक २५ गते सम्मको लागि स्थगित गरिएको हो।

यसअघि १ बजे बस्ने भनिएको बैठक पनि कांग्रेसले विरोध जनाएपछि बैठक बस्न नसकेपछि आधा घण्टा स्थगित गरिएको थियो । त्यस लगत्तै बसेको बैठकमा पनि सभामुख महराले सार्वजनिक महत्वको प्रस्ताव सदनको जानकारीमा आएको बताउँदै प्रस्तावका सम्बन्धमा सरकारको जवाफ आउने र प्रस्ताव प्रक्रियाअनुसार अघि बढ्ने बताउनुभएको थियो । सभामुखको पटक–पटकको आग्रहपछि पनि काँग्रेस सांसदहरू उभिइरहेपछि कांग्रेसले विरोध जारी रहेका कारण प्रतिनिधिसभाको बैठक स्थगन गरिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।