शनिबार, बैशाख २२, २०८१

४ बुँदे माग सहित सरकारविरुद्ध चिकित्सक संघद्दारा आन्दोलनको घोषणा

ज्ञापनपत्र बुझाएको ७२ घण्ट भित्र सरकारबाट मागको सम्बोधन नभए अन्य विरोधका कार्यक्रम घोषणा गर्ने

काठमाडौ असार २२,   प्रा.डा गोविन्द केसीले उठाउँदै आएका चिकित्सा शिक्षासँग सम्बन्धित जायज माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छन ।  संघका आजीवन सदस्य समेत रहेका प्राडा केसीको जुम्लामा जारी आन्दोलनको समर्थनमा आज बसेको कार्यकारिणी समितिको बैठकले उहाँको जिवन रक्षाको माग गर्दै आजैबाट लागु हुनेगरी ४ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

 संघद्दारा घोषित आन्दोलनको सवालमा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार शुक्रबारबाटै देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुले कालोपटिट बाँध्ने, असार २४ गते प्रधानमन्त्री र उपप्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने त्यस्तै संघका उपाध्यक्षलाई अनसन स्थलमा पठाउने तथा ज्ञापनपत्र बुझाएको ७२ घण्ट भित्र सरकारबाट मागको सम्बोधन नभए अन्य विरोधका कार्यक्रम घोषणा गर्ने उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।