आइतवार, जेष्ठ ६, २०८१

यस्तो छ महासंघले सरकारलाइ बुझाएको आमसञ्चार माध्यमसम्बन्धी विधेयक (पूर्णपाठ -सहित)

काठमाडौ असार २२ , मुलुकको पछिल्लो परिवर्तित अवस्था अनुरुप नेपाल पत्रकार महासंघले तयार गरेको सरकालाइ बुझाएको आमसञ्चार माध्यमसम्बन्धी विधेयक, २०७५ को मस्यौदा सरकारलाई विहिवार बुझाएको छ । महासंघले बुझाएको आमसञ्चार माध्यमसम्बन्धी विधेयक, २०७५ मा कुनै पनि आधार वा अवस्थामा मिडियालाई नियन्त्र गर्न सक्ने प्रावधान राख्न नहुने त्यस्तै सबै सञ्चारमाध्यमका लागि एकीकृत कानून हुनुपर्ने र अब बन्ने आमसञ्चार ऐनमा समावेश गर्नुपर्ने बुँदासहितको मस्यौदा महासंघले सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बुझाएको हो ।

सो अवसरमा मन्त्री बाँस्कोटाले महासंघले तयार पारेको मस्यौदालाई जस्ताको त्यस्तै कानूनको रुपमा ल्याउन नसकेपछि मस्यौदाको आशयअनुसार सम्बन्धित निकायको सल्लाह र सुझावका आधारमा नै सरकारले एकीकृत आमसञ्चार ऐन ल्याउने जनाउ दिनु भएको महासंघले जनाएको छ ।

आमसञ्चार माध्यमसम्बन्धी विधेयक पूर्णपाठको लागि यहाँ क्लिक गर्नुहोला ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।