आइतवार, जेष्ठ ६, २०८१

रु ३ लाख घुस लिने सहायक वन अधिकृत महत्तोविरुद्ध मुद्दा दायर

  काठमाडौं असार २२, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहिवार रु ३ लाख घुस लिएको अभियोगमा पक्राउ परेका इलाका वन कार्यालय जवाबैराठ कपिलवस्तुका सहायक वन अधिकृत ब्रह्मादेव महत्तोविरुद्ध आज मुद्दा दायर गरेको छ ।  आयोगद्दारा जारी विज्ञप्तिमा सहायक वन अधिकृत महत्तोले गोलिया काठ कटानको स्वीकृत दिएबापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगले निजलाइ नियन्त्रणमा लिएको थियो ।    त्यस्तै दायर मुद्धामा महत्तोविरुद्ध आयोगले बिगोबमोजिम जरिवाना र कैद सजायको माग गरेको जनाएको छ ।

यसैवीच आयोगले आजै बिजुलीको पोल सार्ने कामका लागि नियमानुसार राजश्व तिरेका एक सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको अभियोगमा प्रक्राउ परेका नेपाल विद्युत् प्राधिकरण, कञ्चनपुर वितरण केन्द्रअन्तर्गत गड्डाचौकीमा कार्यरत ज्यालादारी कर्मचारी हर्कबहादुर चन्दविरुद्ध पनि मुद्दा दायर गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।