-
एन.आर.टी सर्जिकल र एन.आर.टी मेडिसेल्स नामका दुइ कम्पनीले कर्मचारीको मिलोमतोमा बजार मूल्य भन्दा बढी लागतमा औषधी सप्लाइ गर्दै आएका प्रशासनको दावी
-
सप्लाइ हुँदै आएको कम्पनीको औषधी सप्लाइमा रोक लगाउँदै प्रशासन निकट व्यक्तिकोे औषधीलाइ प्रवेस दिन अनेकन नाटक मञ्चन गरिएको कम्पनीको जनाउ
-
नेपाल औषधी थोक व्यवसायी संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाद्दारा यो वा त्यो वहानामा कपोकल्पित , भ्रामक एवम् प्रचार सहित फार्मेसीमा औषधी सप्लाई गदै आएका एन.आर.टी सर्जिकल र एन.आर.टी मेडिसेल्सको सवालमा नियोजित प्रचार नर्गन अस्पताल प्रशासनलाइ चेतावनी
काठमाडौं जेठ ९, पोखरास्थित मनिपाल शिक्षण अस्पताल समयचक्रको आरोह अवरोहमा यदाकदा सर्वदा चर्चाको चुलीमा रहने अस्पताल प्रशासनको नियतिनै बनेको छ कहिले प्रशासन र चिकित्सकको टकराव त कहिले कर्मचारीलाइ जागिर निकाला प्रकरण त कहिले दुर्घटनामा परेको घाइतेको उपचार गर्न नमानेको विषयसंगै पछिल्लो समय कर्मचारीको आन्दोलनको कारण अस्पतालको आकस्मिक सेवा वाहेकका सम्पूर्ण सेवा थप्प भएका छन ।
प्राप्त जानकारी अनुसार अस्पताल प्रशासनले अस्पतालको फार्मेसीमा कार्यरत कर्मचारीहरु रमेश बोहरा, टेक बहादुर विक, निलकण्ठ भट्टराई, लेखा शाखामा कार्यरत अल्पना ठाकुरलाई अस्पताल प्रशासनले अस्पतालमा कार्यरत कर्मचारीलाइ खराब आचरणको अभियोग सहित जागिरबाट वर्खास्त गरेपछि विवाद बढेको थाहा भएको छ ।
हामीलाइ प्राप्त पछिल्लो जानकारी अनुसार अस्पतालको फार्मेसीमा औषधी सप्लाई गर्दै आएका दुई कम्पनी क्रमस एन.आर.टी सर्जिकल र एन.आर.टी मेडिसेल्सले कर्मचारीको मिलोमतोमा बजार मूल्य भन्दा बढी लागतमा औषधी सप्लाइ गर्दै आएको प्रशासनको जिकिर गर्दै गर्दा औषधी सप्लाएर संस्थाले भने अस्पताल प्रशासनले भने जस्तो घटनाक्रम नभइ सप्लाइ हुँदै आएको कम्पनीको औषधी सप्लाइमा रोक लगाउँदै प्रशासन निकट व्यक्तिकोे औषधीलाइ प्रवेस दिन अनेकन नाटक मञ्चन गरिएको जनाउ दिएका छन ।
यसैवीच नेपाल औषधी थोक व्यवसायी संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाले आज एक विज्ञप्ति जारी गर्दै संघको प्रदेश न ४ का सदस्य संस्था एनआरटी मेडिसेल्स र एनआरटी सर्जिकल लाइ लक्षित गरि मणिपाल अस्पताल प्रशासनले यो वा त्यो वहानामा संस्थागत रुपमानै कपोकल्पित , भ्रामक एवम् दुराशय मनोभाव सहित अस्पतालको फार्मेसीमा औषधी सप्लाई गदै आएका एन.आर.टी सर्जिकल र एन.आर.टी मेडिसेल्सको सवालमा गरिएको नियोजित प्रचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जारी विज्ञप्तिमा अस्पताल प्रशासनले सस्तो लोक प्रियताका लागि एन.आर.टी सर्जिकल र एन.आर.टी मेडिसेल्सको जनमानसमा बढ्दो लोकप्रियताबाट अत्तालिदै गरेको बदनियत चरित्र सहितको प्रचारवाजीका प्रदर्शनको भत्र्सना गर्दै तथाकथित रुपमा गरिएको प्रचारवाजीकदो भ्रममा नर्पन सम्वद्ध सवैमा आग्रह गर्दै व्यवासायीक एकता कायम गर्दै अघिबढ्न आव्हान गर्दै आफ्नो कुत्सित तथा कपोकल्पित प्रचारको आडमा संघको सदस्य संस्था एनआरटी मेडिसेल्स र एनआरटी सर्जिकलले गर्दै आएको औषधी सप्लाइलाइ रोक लगाउँने र आफु निकटका संस्थालाइ प्रवेस दिलाउँन नियोजितरुपमा रचिएको नाटक र बदनियत चरित्रको श्रृखलालाइ विराम दिन अस्पताल प्रशासनलाइ आग्रह गरेको छ । साथै यो वा त्यो वहानामा आफ्नो सदस्य संस्थामाथि धावा वोल्ने काम भइरहे केन्द्रीय समिति चुप लागेर नबस्ने र यसबाट उतपन्न हुनसक्ने गम्भीर परिणामको जवाफदेही अस्पताल प्रशासन हुने उल्लेख गरिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- कांग्रेसलाई संसद् अवरोध नगर्न प्रधानमन्त्री प्रचण्डको आग्रह
- प्रधानमन्त्री प्रचण्डसंग महत्वपूर्ण संवाद: काँग्रेस महामन्त्री थापा र प्रमुख सचेतक लेखक बालुवाटारमा
- काँग्रेस संसदीय दलको बैठक बस्दै
- सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
- मंगलवार बस्ने संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
- मंगलवार बस्ने संघीय संसदको संयुक्त बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक
- आयोगको दल दर्ता गर्ने गैरकानूनी निर्णय खारेज गर्न माग गर्दै जसपाद्वारा सर्वोच्चमा रिट दायर
- नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्नु गलत : प्रधानमन्त्री
- बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री
- संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिदै यादव नेतृत्वको जसपा सरकारबाट वाहिरिए
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान