आइतवार, जेष्ठ ६, २०८१

स्वयमसेवी रक्तदाता समाजको अध्यक्षमा पुन:कर्माचार्य

काठमाडौ बैशाख १९, राजधानीमा सम्पन्न नेपाल स्वयमसेवी रक्तदाता समाजको तेस्रो महाधिवेशले सतक रक्तदाता प्रेमसागर कर्माचार्यको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समितिको निर्वाचित गरेको छ । नव निर्वाचित कार्यसमितिको उपाध्यक्ष, महासचिव, सचिव  र कोषाध्यक्षमा क्रमस ध्रुव थपलिया, राधाकृष्ण तण्डुकार , राजन महर्जन, र मीनाकुमारी श्रेष्ठलाइ चयन गरेको छ ।   त्यस्तै सदस्यहरूमा क्रमशः कृष्ण चौहान क्षेत्री रूपन्देही , टंक परियार सल्यान , श्याम गौतम दोलखा , शिव कुमार साह धनुषा , गुञ्जन कुमार गुप्ता कपिलवस्तु , तिर्थराज अवस्थी कास्की , रश्मि रोका मगर म्याग्दी र भिम विक कैलाली रहेका छन् ।

रक्तदानको क्षेत्रमा काम गर्ने नेपालकै सबैभन्दा ठूलो संस्थाको २३ जिल्लामा शाखा तथा ३० हजार भन्दा बढि सक्रिय सदस्य रहेको प्रस्तुत समाजको महाधिवेशन  माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधामन्त्री पुष्पकमल दहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

 त्यस्तै संस्थाको रुपन्देही शाखालाई यस क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान समेत गरिएको उक्त कार्यक्रममाडा.भगवान कोईराला, डा.युवराज शर्मा, नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा, नेपाल थालिसिमिया सोसाइटीका अध्यक्ष दुर्गा पाठक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा राजकुमार महतो लगायतकाबिशेष व्यक्तित्वकोउपस्थित रहेको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।