बिहिबार, जेष्ठ ३, २०८१

आक्रमणकारीलाई तत्काल पक्राउ गर्न नेता नेपालको आग्रह

भक्तपुर, बैशाख १५,  मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न पूर्वप्रधानमन्त्री समेत रहेका एमाले नेता माधवकुमार नेपालले महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख किरण राणालाई आग्रह सहितको निर्देशन दिनु भएको छ ।

गत वैशाख ८ गते आक्रमणकारीको आक्रमणबाट घाइते मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँने क्रममा उहाँले सम्बन्धीत प्रहरी निकायमा फोन सम्पर्क गर्दै यस्तो निर्देशन सहितको आग्रह गर्नुभएको हो । त्यस अवसरमा प्रहरी उपरीक्षक राणाले आक्रमणकारीको पहिचान भइसकेकाले खोजी भइरहेको र केही दिनभित्रै पक्राउ गर्ने नेता नेपाललाइ जानकारी दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031