काठमाडौं बैशाख १६,प्रहरीको सर्वा्धिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ । गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न बनेको समितिले यो तथ्य फेला पारेको हो । मोरङ उर्लाबारीका गोरेले सुन तस्करीको जालो फैलाउन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षा अधिकारीसँग राम्रै उठबस गरेर सम्भव बनाएको अनुसन्धान अधिकारीहरू बताउँछन् । गोरेले नेपाल बस्दा र भारतमा बस्दा प्रयोग गर्ने मोबाइल नम्बरको ‘कल ट्रेस’ गरेर अभिलेख हेर्दा छानबिन समितिका अधिकारीहरू चकित परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोली गोरे पक्राउ गर्न धरान पुग्दा पूर्वडीआईजी गोविन्द निरौला र गोरेबीच फोनमा सम्पर्क भएको तथ्य फेला परेको छ । शाक्यको हत्यापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका तत्कालीन एसपी विकास खनालसँग समेत गोरेको सम्पर्क देखिएको छ । अझ रोचक कुरा त गोरेको काठमाडौंस्थित डेराबाट फेला परेको डायरीमा एसएसपी श्याम खत्री, एसपी खनाल र पूर्वडीआइजी निरौलालाई पैसा दिएको हिसाब फेला परेको छ । खनाल र खत्रीलाई डेढ करोड रुपैयाँ बढी दिएको फेहरिस्त गोरेले डायरीमा उतारेको छानबिन समितिले फेला पारेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले ३३ किलो सुन विमानस्थलबाहिर पठाउने बेलासमेत डीआईजी निरौला गोरेसँग सम्पर्कमा देखिएको तथ्य छानबिन समितिले फेला पारेको छ । तत्कालीन समयमा एसएसपी खत्रीले समेत गोरेको तस्करी जालोलाई सघाएको तथ्य फेलापारेपछि उनी फरार छन् । महाशाखा टोलीले इटहरीबाट नियन्त्रणमा लिएका कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेले दिएको बयान झनै रोचक छ । कार्की र काफ्लेले इलाका प्रहरी कार्यालय इटहरीका तत्कालीन डीएसपी सञ्जय राउत र गोरेबीच सम्बन्ध धेरै राम्रो रहेको र बेलाबेलामा भेट हुने गरेको बयान दिएका छन् ।
उनीहरूकै बयान र कल डिटेलमा समेत गोरे र राउतबीच कनेक्सन भेटिएपछि छानबिन टोली राउतलाई नियन्त्रणमा लिने निष्कर्षमा पुगेका थिए । प्रहरी अधिकारीलाई पैसा बाँडेर सुन तस्करी गर्दै आएका गोरेले महाशाखा टोलीलाई दुई करोडको अफर गरेका थिए । उक्त अफर गरेको विषयमा तत्कालीन निमित्त प्रहरी महानिरीक्षक बमबहादुर भण्डारीसमेत जानकार थिए । गोरेले कुनै हतकण्डा अपनाएमा गोली हान्नेसम्मको आदेशअनुसार महाशाखा टोली धरान पुगे पनि संगठनकै उच्च अधिकारीको सूचनामा गारे भागेपछि घटनाले अर्को मोड लिएको हो ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी, सईद्वय गजेन्द्र रावल र बालकृष्ण सञ्जेलसँग बयान लिइसकेको छ । रावलको कुनै भूमिका नदेखिएपछि बिहीबारै समितिले नियमित काममा खट्न निर्देशन दिइसकेको छ । महाशाखाका अधिकारीले नाटकीय ढंगबाट गोरेसँग गरेको बार्गे्निङका कल रेकर्ड समितिले सुनिसकेको छ । प्रहरीले गोरेकै सूचनामा समेत सुन बरामद गरेको घटना अझ रोचक छ। तत्कालीन अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यको कार्यकालमा गारेले महाशाखामै पुगेर सुन तस्करीको सूचना दिएका थिए । उनकै सूचनाका आधारमा महाशाखाले झण्डै दुई किलो सून बरामद गरेको थियो । समितिका सदस्य एसएसपी वसन्त लामाले प्रमाण पुगेकै आधारमा प्रहरी कर्मचारी नियन्त्रणमा लिएर छानबिन थालिएको बताए। उनले भने, ‘धेरै कुरा खुलेका छन, हामी सार्वजनिक गर्छौं । अन्नपूर्ण पोष्टबाट
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने सरकारको तयारी: प्रधानमन्त्री
- आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि प्रारम्भ
- कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डवीच आज द्विपक्षीय वार्ता हुँदै
- गण्डकी प्रदेश सरकार गठन प्रकरणको रिटमाथि आज पनि सुनवाइ हुँदैं
- आज बैशाख १२: महाभूकम्पका कारण निमेषभरमै देश शोकमग्न भएको त्यो दिन
- राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता
- कतारका राजा थानी शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु
- कतारका राजा नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत
- जर्मनीको फ्रयान्कफर्टमा रन्जुको एकल चित्रकला प्रर्दशनी
- विकास र समृद्धिका लागि निजी क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गरौँ प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान