आइतवार, जेष्ठ ६, २०८१

देउवा सरकारको सिफारिस रद्द गर्दै ओली सरकारले  को -कसलाइ गरे सिफारिस

सरकारमा सहभागीताका लागि  माओवादी केन्द्र  गृहकार्यमा  

काठमाडौं फागुन ८,  निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले यसअघि गरेको सिफारिस रद्द गर्दै केपी ओली सरकारले राष्ट्रियसभा सदस्यका लागि ३ जनाको नाम सिफारिस गरेको छ । खतिवडा ,राई एमालेको तर्फबाट र बिडारी माओवादी केन्द्रको तर्फबाट सिफारिस गरिएका हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला राईलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि देउवा नेतृत्वको सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । सरकारले गरेको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरुले राष्ट्रियसभा सदस्यमा औपचारिकता पाउनेछन् ।

यसैवीच एमाले र माओवादी केन्द्रवीच सोमवार भएको ७ बुँदे सहमति संगै माओवादी केन्द्रले सरकारमा सहभागीताका लागि गृहकार्य आरम्भ गरेका छन । सम्वद्धस्रोतका अनुसार माओवादी केन्द्रले बिहीबारसम्म केही नेतालाई सरकारमा पठाउने भएको छ । तर कसको नेतृत्वमा कुन कुन मन्त्रालय भन्ने सवालमा भने नितिगत सहमति कायम भइनसकेको बताएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।