बिहिबार, बैशाख १३, २०८१

राजधानीमा दुवाल एकल साँझको आयोजना

 काठमाडौं फागुन ८ , सांस्कृतिक संस्थान र नेपालभाषा मंकाः खलः को संयुक्त आयोजना राजधानीमा सोमवार साँझ रामकृष्ण दुवाल एकल साँझको आयोजना गरिएको छ ।  शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न एकल साँझको सुभारम्भ सत्रमा पमुख अतिथी जोशीले नेपाल भाषा साहित्य क्षेत्रका एक नक्षत्र रामकृष्ण दुवाल भाषा, संस्कृति र साहित्य क्षेत्रमा अथक योगदान पुयाएको र लोप हुन लागेको पुराना नेपालभाषाका दाफा भजन, वाद्यवादन र विशिष्ट विविधताले भरिएको नेपालभाषाको प्राचीन भाषा र लोक गीतको संरक्षणका पथ प्रदर्शक भएको विचार अभिव्यक्त गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा नेपालभाषा मंकाः खलःका तर्फबाट महासचिव नरेशवीर शाक्यले गायक दुवाललाई सम्मान पत्रले अभिनन्दित गर्दै दोसल्ला सम्मान गरिएको उक्त कार्यक्रममा संस्थानका महाप्रबन्धक राजेश थापाले कलाकारलाई सम्मान गर्न यस्तो कार्यक्रमको आयोजना गर्न पाएकोमा ज्यादै नै खुशी लागेको बताउनुभएको थियो । त्यस्तै पूर्वमन्त्री तिर्थराम डंगोलले् सष्टाले श्रृजना भनेको जनता र राष्ट्रको निमित्त, भएको जनाउ दिदै विगतका सास्कृतिक क्रान्तिका दिनहरु सम्झदैं क्रान्ति अझै नसकिएकोले वहाँहरुलाई अझ अगाडि बढ्न अनुरोध गर्नुभएको थियो ।
एकल साँझको दोस्रो सत्रमा गायक दुवालले जनवादी गायक रामेशको साथमा लाइभ बाद्यवादनका साथ रामकृष्ण दुवालले प्राचीन गीत, भजन, ऋतु गीतका साथ साथ जनवादी गीतका साथै नेपाल भाषाका अतिनै लोकप्रिय परम्परागत लोकगीतहरु “सिरसाया हेकु जिमि दाइचां व्युगु”, “श्याम सुन्दर बसन्त बेलस” , “गां गामं दना वा बस्ती बस्तीं दना वा” का साथसाथै नेपालीभाषाको गितमा “देशलाई लुछ्न खोज्ने अस्मितालाई लुट्न खोज्ने”, “एक जुगमा एक दिन एक चोटी आउँछ”, “रक्तक्रान्तिको ज्वालामुखिमा” आदि गीत गाउनुभयो । जसमा सहकर्मी रामेश र जे.बी. टुहुरेले पनि साथ दिएका थिए ।

कार्यक्रममा बाद्यबादनतर्फ तबलामा खड्ग बहादुर बुढा, बाँसुरीमा कृष्ण बहादुर गुरुंङ र मदन, बेस गितारमा आकाश गोठाले, गितारमा लोकराज व आशिष दुवाल, मादल र खिंमा पञ्चनारायण महर्जन, नायखिं र भुस्यामा संघरत्न शाक्य, छुस्यामा सुर्यमान शाक्य, किबोर्डमा रोहित सुवेदी, इफेक्टमा भरत लाखे, हारमोनियममा नरसिंह लाल श्रेष्ठले साथ दिएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।