काठमाडौ पुस १४, निर्वाचन आयोगमा सम्पन्न प्रदेससभाको सांसदको सूची कार्यालय समयभित्र दलहरुले प्रदेशसभामा पाएको सिट संख्याअनुसार समानुपातिक सांसदको सूची बुझाइसक्नुपर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार आज नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र, रापपा , राजपा ,संघीय समाजवादी फोरम लगायतका दलहरुले समानुपातिक प्रदेशसभा सांसदको बन्नेको नाम टुंगो लगाउँदै आयोगमा बुझाएको छ ।
यसैवीच माओवादी केन्द्रले आज बसेको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख भएअनुसार प्रदेश नं १ मा सीता थेवे, कुसुमकुमारी श्रेष्ठ, सौभाग्य राई, सरस्वती पोखरेल र उमिता विश्वकर्मालाई प्रदेशसभा सांसदमा सिफारिश गरिएको जनाएको छ । त्यस्तै प्रदेश नं २ का लागि जगतप्रसाद यादव, महम्मद समीर, रुविकुमारी कर्ण, प्रमिलाकुमारी यादव र फुलियादेवी सदाको नाम आयोगमा बुझाएको जनाएको छ ।
त्यस्तै प्रदेश नं ३ का लागि दिनेश महर्जन, आङ्देण्डी लामा, ओम घलान, हिमाली गोले, प्रतिमा श्रेष्ठ, सीता अधिकारी, भावना सुवेदी र कञ्चन खनाललाई सिफारिश गरिएको छ भने प्रदेश नं ४ का लागि गायत्री गुरुङ, मधु अधिकारी (गुरुङ) दिलमाया रोका मगर ९गौतम० लाई चयन गरिएको छ । प्रदेश नं ५ का लागि गीता थापा, दामाकुमारी शर्मा, पार्वती पुन (गहतराज), लौटी थारु, दीपा विक, सुष्मा यादव चयन भएका छन भने प्रदेश नं ६ का लागि पुष्पा घर्ती विष्ट, सीताकुमारी नेपाली, विमला केसी र कृष्णा शाह सिफारिशमा पर्नुभएको छ । नेपाली र केसी माओवादी केन्द्रका तर्फबाट तत्कालीन संविधानसभा सदस्यसमेत हुनुहुन्थ्यो । माओवादी केन्द्रले प्रदेश नं ७ मा निर्मला बडाल , कुन्ती जोशी, विनिता चौधरी र शान्ति नेपाली प्रदेशसभा सांसदका लागि सिफारिश गरेको जनाएको छ ।
त्यस्तै राप्रपाले सिफारिस गरेका प्रदेस सासंहरुमा क्रमस प्रदेश नं. १ मा इन्दिरा राई, प्रदेश नं. ३ मा रिता माझी र प्रदेश नं. ६ मा शोशीला शाही रहेका छन ।
यसैवीच नेपाली काँग्रेसको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फ ७२ सिटका लागि सबै प्रदेशबाट सांसद बन्नेको सूची तयार गर्दै आजै अपरान्ह निर्वाचन आयोगलाई बुझाएको कांग्रेससम्वद्ध स्रोतले जनाएको छ । तर काँग्रेसको सूचीमा कोको परे भन्ने जानकारी सार्वजनिक गरिएको छैन ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- अन्तत,सहकारी प्रकरणमा ससदीय छानबिन समिति बनाउन सत्तापक्ष सहमत
- भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री
- ससंद् सञ्चालन गर्ने विषयमा सबै दलहरु गम्भीर हुनुको विकल्प छैन : सभामुख
- प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेससंग आज साँझ विशेष छलफल गर्दै
- उप्रेतीको “संगै जिउने मर्ने कसम” सार्वजनिक
- प्रतिनिधिसभाको ११ बजेको बैठक २ बजेलाई सर्यो
- सहकारी प्रकरणमा थप आवाज मुखरित गर्न काँग्रेसको आव्हानमा बसेको विपक्षी दलको बैठक जारी
- संसदमा विहिवार भएको अप्रिय स्थितिको जिम्मेवारी सभामुखको भएको काँग्रेस संसदीय दलको निष्कर्ष
- बढ्यो जनचासो : सङ्घीय संसद अन्तर्गत आज बस्ने दुवै सदनको बैठकमा के होला?
- प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान