बुधबार, बैशाख २६, २०८१

बाढी र पहिरोका कारण मोरङमा चारको मृत्यु ३ वेपत्ता

काठमाडौ श्रावण २८ , मोरङमा बाढी र पहिरोमा परी चार जनाको मृत्यु भएको छ । अन्य ३ जना वेपत्ता छन् । पहिरोले पुरिएर लेटाङ नगरपालिका–१ मालवासेमा ३५ वर्षिया गोपीमाया तामाङको मृत्यु भएको छ । त्यसैगरी वक्राहा खोलामा आएको वाढीले बगाउँदा मिक्लाजुुङ गाउँपालिका–२ का ३२ वर्षिय गंगाराम खतिवडाको morang-map2मृत्यु भएको छ भने लोहन्द्रा खोलाले बगाएर केरावारी गाउँपालिका–९ का ५६ वर्षिय मीनबहादुुर थापा र घरछेउको नालीमा डुुवेर वूढीगंगा गाउँपालिका–६ की ७५ वर्षीया वुुद्धिमाया लिम्वुुको मृत्युु भएको प्रहरीले जनाएको छ ।

यस्तै विराटनगर–४ स्थित आयल निगमको क्षेत्रिय कार्यालयसँगै रहेको विमानस्थल सुरक्षा गार्डको भवन पूर्णरुपमा डुबानमा परेको छ । विराटनगर विमानस्थल जाने मूल सडक नै जलमग्न भएपछि विमानस्थल प्रवेशमा रोक लगाइएको छ । मोरङमा हालसम्म झन्डै १५ सय घर डुबानमा परेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । मोरङ प्रहरीले का वर्षाले विराटनगरका ४, ५, ६, ११ र १२ नम्बर वडा पूर्ण रुपमा डुवानमा परेको र बाढी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031