शुक्रबार, चैत्र १६, २०८०

खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु

गौर श्रावण २१,  रौतहटको गरुडा नगरपालिकामा चार बालिकाको आज डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घाँस काटेर घर फर्कने क्रममा सडक छेउको rautahat-mapखाल्डोमा जमेको पानीमा नुहाउन जाँदा डुबेर उनीहरूको मृत्यु भएको हुनसक्ने प्रहरीले प्रासम्भिक अनुमान गरेको छ ।  प्रहरीका अनुसार मृत्यु हुनेमा गरुडा नगरपालिका–४ का राम एकवालकी छोरी १२ वर्षीया सुनिता साह, नौ वर्षीया संगिता साह, जोगेन्द्र साहकी नौ वर्षीया छोरी सुनैना शाह र प्रेम साहकी नौ वर्षीया छोरी सुश्मिता साह रहेको इप्रका गरुडाले जनाएको छ ।

सडक मर्मतका लागि डोजरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर चारैजना बालिकाको मृत्यु भएको प्रहरीले बताएको छ । गत ज्येष्ठमा सडक डिभिजन कार्यालय रौतहटको लगानीमा दुर्गा निर्माण सेवाले सडक निर्माण गर्ने क्रममा खाल्डो खनेको थियो । मृतक चारैजनाको शवलाई परीक्षणका लागि गौर अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।