बुधबार, बैशाख २६, २०८१

गुटबन्दीका कारणले पार्टीले अनपेक्षित पराजय भोग्नु परेको निष्कर्ष

माओवादी केन्द्रको विस्तारित बैठक:

काठमाडौं श्रावण ४, नेकपा माओवादी केन्द्रको सोमवारबाट जारी विस्तारीत बैठक आज पनि जारी रहेने भएको छ । मंगलवारको बैठकमा बोल्ने अधिकांस नेतारुहले स्थानीय तहको निर्वाचनमा पार्टीले व्यहोर्नु परेको अवस्थाका सवालमा समिक्षा गर्दै पार्टीको सांगठनिक संरचना चुस्त बनाउँनु पर्नेमा अभिमत प्रकट गर्दै perisdanda-UCPN_815132376नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।  विस्तारीत बैठकको पहिलो दिन प्रदेशका इन्चार्जले आ–आफ्नो क्षेत्रको प्रतिवेदन गर्दै पेश गरेको उक्त बैठकको दोस्रो दिन नेताहरु जनार्दन शर्मा, उर्मिला अर्याल, टेकबहादुर बस्नेत, जीवन बुढा लगायत आधादर्जन भन्दा बढि नेताहरुले आफ्नो धारणा राख्नुभएको थियो ।

त्यस्तै आजको बैठकमा स्थानिय तह चुनावको समिक्षा सहित जिल्ला र गाउसम्मै विस्तार भएको गुटबन्दी का कारणले पार्टीले भोग्नु परेको अनपेक्षित पराजय लगायत पार्टीको भावी कार्यदिशा, संगठन सञ्चालनका विषयमा आज बोल्न बाँकी नेतारुहले आफ्नो धारणा व्यक्त गर्ने क्रम सकिएको खण्डमा पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची रहेको थाहा भएको छ । आजको बैठक बिहान ११ बजेपछि बस्ने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु