शनिबार, बैशाख ८, २०८१

आज राजधानीमा काँग्रेस प्रदेश नं २ को रणनितिक भेला हुँदै

काठमाडौ श्रावण ५ , आगामी आश्विन २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाइ लक्षित गर्दै नेपाली काँग्रेसले आज राजधानीम प्रदेश नं २ को भेला बोलाएको छ ।  प्रस्तुत भेलामा आसन्न प्रदेश नं २ स्थानीय तहको निर्वाचनमा काँग्रेसलाइ पहिलो पार्टी बनाउँन आवश्यक रणनिति लगायतका विषयमा छलफल गर्ने congressकाँग्रेसको तयारी रहेका सम्वद्ध स्रोतले जनाएको छ ।

त्यस्तै आजको भेलामा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टीका नेता एवम् केन्द्रीय पदाधिकारी, प्रदेश नं २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति र संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्षतर्फका उम्मेदवारको उपस्थिती रहेने बताईएको छ ।