शुक्रबार, चैत्र १६, २०८०

सङ्गठनात्मक कमजोरीका कारण अपेक्षानुसार विजय हुन नसकेको ठहर

माओवादी विस्तारित बैठकः
काठमाडौ श्रावण ३,  सोमवारबाट सुरु भएको सत्तारुढ दल माओवादी केन्द्रको विस्तारीत बैठक आज पनि बस्ने भएको छ । सोमवारको बैठकमा मुलत स्थानीय तहको निर्वाचनको समीक्षा, सरकार विस्तार र मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल गर्ने गर्ने क्रममा सम्पन्न स्थानीय तहको पहिलो र दोस्रो तहको निर्वाचनमा अपेक्षानुसार विजय हासिल गर्न नसकेको पक्ष प्रति बोल्ने सवै प्रदेश नं इन्चार्जहरुको स्वीकारोक्ति सहित आत्मालोचना गर्नु भएको छ ।
perisdanda-UCPN_815132376स्थानीय तहको निर्वाचनमा गाउँगाउँमा सिंहदरबार भन्ने नारा अगाडि राख्दै आशातित रुपमा निर्वाचनमा सफलता पाउँन नसक्नु पार्टीको सङ्गठनात्मक व्यवस्थापन नै समस्या रहेकोमा उनिहरुको जोड रहेको थियो ।

यस क्रममा प्रदेश नं १ का संयोजक सावित्रीकुमार काफ्ले यसवीचमा भएको तालेमपनि प्रभावकारी हुन नसकेको जनाउ सहित आगामी निर्वाचनमा यि यावत सवै कमजोरीलाइ सच्चाँउँदै अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।  त्यस्तै प्रदेश नं २ का इन्चार्ज मातृकाप्रसाद यादवले आन्तरिक रुपमा पार्टी एकताबद्ध भएर सशक्त रुपमा जनपरिचालन गर्नुपर्नेमा जोड दिदै गर्दा प्रदेश नं ३ का इन्चार्ज हितमान शाक्यले विद्युत्भार कटौती अन्त्यलाई नै योजनाबद्ध रुपमा लैजान नसक्नु, पार्टी सङ्गठन अस्तव्यस्त हुनु जस्ता कारणले अपेक्षित परिणाम नआएकोमा आफ्नो मत प्रकट गर्नु भएको थियो ।

त्यस्तै प्रदेश नं ४ का इन्चार्ज देव गुरुङले सम्पनन निर्वाचनमा आर्थिक चलखेल व्यापक भएका कारण केन्द्रका कतिपय उम्मेदावरले एमालेका उम्मेदवारले जस्तो अर्थ परिचालन गर्न नसक्दा इमान्दार र गरिब पृष्ठिभूमिका उम्मेदावारले पराजय भोग्नु परेको बताउँनु भएको थियो ।  त्यस्तै प्रदेश नं ५ का इन्चार्ज वर्षमान पुन र प्र्रदेश नं ६ का इन्चार्ज शक्तिबहादुर बस्नेतले र प्रदेश नं ७ का इन्चार्ज लेखराज भट्टले पार्टीले जुन लक्ष्य निर्धारण गरेको हो  त्यो प्राप्त हुन नसकेको सवै  कारक प्रक्षलाइ सुक्ष्म अध्ययन गर्दै अगाडि  बढनु पर्नेमा जोड दिनु भएको थियो । त्यस्तै आजको बैठकमा थप विषयमा थप जिल्लाको समग्र अवस्थाका बारेका पार्टी नेतृत्वलाई जानकारी गराउँदै अव अपनाउँनु पर्ने रणनीतिको सवालमा सुझाव संकलन गर्दै अगाडि बढ्ने निति पार्टीको रहेको बताईएको छ ।